काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइतबार बिहान साधारण सेयर बाँडफाँट गरेको हो।
क्यापिटलका अनुसार आईपीओआ कुल १० लाख ४८ हजार ४६८ जनाको आवेदन परेको थियो। जसमध्ये १० लाख ४७ हजार ३०५ को आवेदन स्वीकृत भएको थियो। मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ। जसअनुसार १० हजार ११४ जनाले १० कित्ता सेयर पाएका छन् भने १ जनाले ११ कित्ता सेयर पाएका छन्।
कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई सेयर निस्कासन गरेको थियो। कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृती लिइ विदेशमा कार्यरत नेपालीको लागि सेयर निस्कासन गरी बाँडफाँट गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।