काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन्।
गर्भनर अधिकारीले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उल्लेख गरेका छन्।
उनले भने, ‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउँछ। बजेटले राखेको मूल्यको दर भित्र रहने गरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौं।’
गर्भनर अधिकारीले बैंकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै सीआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताएका छन्। उनले राष्ट्र बैंकले बैंकहरुबाट करिब ६० अर्ब बताएका छन्।
‘बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सीआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको छ। करिब ६० अर्ब राष्ट्र बैंकले खिचेको छ,’ अधिकारीले भने।
ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेकोले आर्थिक क्रियाकलाप बढ्ने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।