काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन साउदी क्लबमा आबद्ध हुने भएका छन्। हेन्डरसन कार्ल्सरुहरसँग मैत्रीपूर्ण खेल खेल्न लिभपुर टोलीसँग जर्मनी प्रस्थान गरेका थिए। उनी १२ मिलियन पाण्डमा इत्तेफाकमा आबद्ध भएका हुन्।
लिभरपुलले ४-२ को जित निकालेको उक्त मैत्रीपूर्ण खेलमा उनी बेन्चमै बसेका थिए। ३३ वर्षीय इंग्ल्याण्डका मिडफिल्डरले इत्तेफाकसँग २ वर्षको सम्झौता गरेको बीबीसीले उल्लेख गरेको छ।
लिभरपुलकै पूर्वकप्तान समेत रहेका स्टेफन जेरार्ड अहिले इत्तेफाकको प्रशिक्षकमा नियुक्त भएका छन्। उनकै पहलमा हेन्डरसन साउदी पुगेको बताइन्छ।
यसअघि लिभपुलकै फरवार्ड रोबर्टो फिर्मिन्हो अल हिलालमा आबद्ध भइसकेका छन्। त्यसैगरी म्यानचेस्टर सिटीका विंगर रियाद महरेज पनि साउदी क्लबमा आबद्ध हुने तयारीमा छन्।
हेन्डरसन सन्डरल्याण्डबाट सन् २०११ मा २० मिलियन पाउण्डमा लिभरपुलमा आबद्ध भएका थिए। गत सिजन मात्रै लिभपुरका लागि उनले ४३ खेल खेलेका थिए। समग्रमा भने उनले लिभपुरका लागि ४१९ खेल खेलदै ३३ गोल र ५८ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।