काठमाडौं– गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ।
गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ।
सर्जुन राईको निर्देशन रहेको भिडियोमा सागर थापा(ध्रव) र सुजाता थुलुङ(राई) फिचर्ड छन्। भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ।
भिडिओमा अबिनास मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डीओपी छ। भिडिओकी निर्माता शान्ता राई हुन्।
शान्ता मोसन पिक्चर्सको प्रस्तुती रहेको भिडियो एक्स–डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।