• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक (अ)नागरिक नेपालीको कथा : मर्नुअघि नेपाली हुन पाऊँ

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  १०:४४
1140x725

पोखरा- सेतो छाला। सेतै फुलेका कपाल र दाह्री। सेतै पाइन्ट तर कहीँकतै च्यातिएको र टालिएको, मैलो जमेको। खैरो कुना भएको पारदर्शी चस्मा। कुना भएको पार नीलो पुरानो जस्तो देखिने टिसर्ट। शिरमा नेपाली ढाका टोपी। अंग्रेज लवजमा प्रस्ट नेपाली बोली। हातमा बुढेसकालको साथी लाठी। 

यही हो भेट हुँदाको उनको खास हुलिया। उनी अर्थात् बेलायती नागरिक कोलिन स्मिथ (८२)। 

उनी नेपालको भदौरे झरीमा ५३ पटक भिजे। यहीँको वसन्त गुराँसे पाखामा ५३औं पटक रमाए। यहीँका चराचुरुंगीका आवाज सुनेरै जवानी बिताए। उनी नेपालकै पुतलीसँग परिचित रहे र उनैको किताब लेखे। ठाउँठाउँमा पुतली संग्रहालयसमेत खोल्न अहोरात्र खटिए। नेपाली राजनीति र शिक्षा क्षेत्रका मुर्धन्य व्यक्तिको सफलतामा खुड्किलो बनेर उभिए।

स्मिथलाई नेपालमा कमैले चिन्छन्। ‘पुतली बाजे’ नामले भने धेरैले। उनले पढाएका एकाध विद्यार्थी र केही पत्रकारले मात्रै वास्तविक नामले चिन्लान्। पुतलीको जाति तथा प्रजातिको खोज अनुसन्धान गर्दागर्दै ‘पुतली बाजे’ उपनाम पाए। धेरैले चिन्ने र सम्झिने नाम पनि यही रह्यो।

आजभन्दा ५३ वर्षअघि नेपालको माटो टेकेका थिए उनले शिक्षकका रुपमा। पोखरा लामाचौरमा रहेको नेपाली आदर्श विद्यालयमा पढाउन बेलायत छोडेर नेपाल आए। ‘त्यतिबेला मेरो प्रिन्सिपल मार्था मुखिया थिइन्, म शिक्षक थिएँ,’ उनी पोखरामा शिक्षक भएर आएपछिका ती पुराना दिन सम्झन्छन्, ‘त्यहाँ मैले दुई वर्ष गणित र विज्ञान पढाएँ।’

लामो समय नेपालमा बसेपछि बाजेलाई यतैको हावा मिठो लाग्यो। यतैको भाषामा रमाए। यतैको गाउँघर प्रिय लाग्यो र प्रिय लागे यतैका फूलफूलमा उडिहिँड्ने पुतली। ‘२०२२ सालमा नेपाल आएपछि बीचबीचमा बेलायत गएँ। तर, यतै (नेपाल) को माया लागेर फर्किएँ,’ उनी भन्छन्। 

नेपाली प्रस्ट बुझ्छन् र बोल्छन् पनि। अंग्रेजीमै सोधेको प्रश्नका उत्तर समेत नेपालीमै दिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘पुतली बाजे’ले गण्डकी (तत्कालीन नेपाली आदर्श विद्यालय) मा पढाउँदापढाउँदै बेलायत फर्काइयो। कारण, उनलाई 'नेपालमा धर्मको प्रचार गर्नू' भन्ने आदेश थियो। मानेनन्। 

बेलायत गए पनि पछि स्मिथलाई फेरी नेपाल झिकाइयो। त्यसबेला पोखरामा नभएर गोरखा उनको कार्यक्षेत्र तोकियो। त्यहाँ गए उनी अमरज्योति मावि (लुइँटेल) मा शिक्षक भएर। त्यसबेला कक्षाका मेधावी विद्यार्थी थिए, तत्कालीन माओवादी पार्टी तथा हालका नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराई। अर्का विद्यार्थी थिए, नेपालमै प्रख्यात चिकित्सक डा उपेन्द्र देवकोटा। दुवैलाई पढाउने मौका पनि पाए उनले। ‘त्यहाँ मैले दुवैलाई कक्षा ९ मा पढाएको थिएँ,’ उनी सम्झन्छन्। 

सारा जीवन नेपालको शिक्षा विकासमा अतुलनीय योगदान दिए पनि उत्तरार्धमा उनको साथी एक्लोपना भइदियो। अचेल एकान्त कुनामा बसेर जिन्दगीको जोडघटाउ गरिरहेका छन्। उनले पढाएका ‘ठूला व्यक्ति’ पनि काम विशेषले मात्रै उनलाई भेट्न आउँछन्। त्यतै हुँदा एकाध आएका छन् उनलाई भेट्न डा भट्टराई र डा देवकोटा। 

पछिल्लो समय पोखराको सराङकोट क्षेत्रमा उनले सानो झुप्रो बनाएका छन्। 

Xtrem

Xtrem

गोरखाबाट फेरि पोखरा नै फर्किए। नेपालको सबैभन्दा ठूलो सरकारी क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसमा पनि पढाए। पिएनमा उनले साइन्स फिजिक्स विषय पढाएको बताउँछन्। भन्छन्, ‘पढाउन त पढाएँ तर, ‘त्यतिबेला प्रिन्सिपल को थियो अहिले उति याद छैन।’ 

बाजेले त्रिभुवन विश्वविद्यालय काठमाडौंमा पनि पढाए। त्यता रहँदा पनि उनले प्रकृतिकै बारे सोधखोजमा अग्रसर रहे। त्रिविमा पढाउदा पनि उनको मन पुतलीभन्दा टाढा गएन। प्रकृतिसँग नजिक भइरह्यो। काठमाडौंको स्वयम्भूमा उनले बनाउन सहयोग गरेको प्राकृतिक विज्ञान संग्रहालय अझै पनि देख्न सकिन्छ। 

पोखरामा रहँदै पुतली बाजेको शरीरलाई क्यान्सरले समायो। अग्लो र डलाग्दो उनको शरीर पातलिएर गयो। भर्ना भए मणिपाल अस्पतालमा। मणिपालले काठमाडौं पठायो। काठमाडौंमा उनको डाक्टर बने उनकै विद्यार्थी उपेन्द्र देवकोटा। निको भए। तर पछि उनले पढाउन तिर लागेनन्, पुतलीकै खोजमा लागे।

पुतलीप्रतिको मोह
सानोमा काका पुतलीको खोज र अनुसन्धानमा लागेको देखेका थिए उनले। त्यसैबाट प्रभावित भएर नै पुतलीप्रति मोहित भएको स्मिथ बताउँछन्। खासमा उनलाई पुतली बाजे भनिनु पनि उनको पुतलीप्रतिको मोह भएर नै हो। 

नेपालमा बसेको ५३औं वर्षमा ४० भन्दा बढी जिल्ला घुमे। ‘पुतलीको खोज र अनुसन्धानमै लागेपछि मैले पढाउनै छोडेँ र लगाएर पुतली खोज्नतिर लागें,’ उनी भन्छन्। 

फोटो खिच्न सौखिन उनले २५ हजारभन्दा बढी पुतली संकलन गरिसकेका छन्।  जसको प्रमाण पिएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू, काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा देख्न सकिन्छ। ‘पुतलीप्रति मेरो औधी रुचि छ, मैले पुतलीकै जातिप्रजाति बारे किताब पनि लेखेको छु,’ उनी सुनाउँछन्।

बाजेको ३० वटाभन्दा बढी किताब प्रकाशित छन्। ती पुस्तक पुतली र झ्याउँकिरीका विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएका हुन्। ‘पुतलीबारे प्राय: नेपालमै अनुसन्धान गरेर लेखेँ, मैले लेखेका किताब नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै बिक्री हुन्छ,’ उनी सुनाउँछन्। पहिलो पटक निकालेको किताब बटरफ्लाइज अफ नेपाल इन सेन्टरल हिमालय हो। सो किताब उनले सन् १९८९ मा लेखेका थिए। 

नेपालमा पाइने ६ सय ६० प्रजातिबारे नेपालीभन्दा उनी नै बढी जानकार छन्। लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिप्रजातिका पुतली तथा झ्याउँकिरीबारे अध्ययन गर्नै उनले जीवन लगाए। त्यसैको पुस्तक लेखे, फोटो खिचे।

नेपाली हुन पाऊँ
नेपालमै रहँदा स्मिथका बाबु र आमा पनि बिते। त्यसपछि भने उनलाई झनै स्वदेश पर्किने रहर नै छैन। पहिलेदेखि नै नेपाली हुने इच्छा थियो। पटकपटक पोखराबाट सिफारिस भइसकेको नसुनेका पनि होइनन्, तर, गुमनाम हरायो त्यो खबर। 

उनले पहिलो पटक सन् १९९० मा नागरिकताका लागि निवेदन दिएका थिए। तर के भयो त्यो निवेदन उनलाई थाहा छैन। उनलाई मात्रै होइन, प्रशासन र मन्त्रालयका कर्मचारीलाई समेत थाहा छैन। 

नागरिकताका लागि निवेदन दिँदा एक पटक जिल्ला प्रशासनका कर्मचारीले १ लाख घुस मागेका रहेछन्। ‘नागरिकता देऊ भनेर एप्लिकेसन दिँदा पनि पैसा दिनुस् न मिलाइदिन्छौं भने कस्ता मान्छे?’ उनी प्रश्न गर्छन्। सबै कागजपत्र मिलाउँदा पनि बाजे आफूले नागरिकता नपाएको गुनासो गर्छन्। पछिल्लो समयको भेटमा पनि उनी प्रशासन कास्कीको कार्यालयमै भेटिए, कारण उही थियो– नागरिकताको निवेदन।

बाजेले यसरी कार्यालयको कोठाकोठा र प्रशासन धाएको पनि ३०औं वर्ष भइसक्यो। प्रत्येक पटक आश्वासन पाउँछन् तर, नतिजा भने शून्य। 

जीवनभर नेपालका लागि काम गरे। तर, जब उनलाई नेपालको आवश्यक पर्यो न सान्त्वना दिएको छ न त सहयोग नै। ‘बूढो भयो ज्यान राति निद्रा लाग्दैन। पटक पटक पिसाब फेर्न जानुपर्छ। राम्रोसँग हिड्न सकिँदैन,’ उनी दुखेसो पोख्छन्।

बाजेले बिहे पनि नेपाली ‘बज्यै’लाई नै गरे, २०६५ सालमा। तर, सँगै बस्दैनन्। बिहे दर्ता पनि छ। तर, कागजी बिहेमात्रै भएको हो। सारा जीवन नेपाली माटोको सुगन्धमा बिताएका उनै ‘कुइरे’ बाजेको अब एउटै रहर छ ‘नेपाली हुन पाऊँ’।  

‘नेपाली भएर मर्ने मन छ,’ स्मिथ भावुक हुँदै भन्छन्, ‘म क्रिस्चियन हुँ तर पनि म मरेपछि मेरो लास सेतीमा जलाइदिनू।’ 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्