काठमाडौं– पत्रकार तथा गीतकार डिबी खड्काको शब्द रहेका दुई डेउडा गीत युट्युवमार्फत् सार्वजनिक भएका छन्।
गायक सुनिल नेपाली र गायिका रेखा जोशीको आवाजमा ‘लाउकी मायाजाल’ तथा गायिका अनिता चलाउने र गायक रवि ओडको आवाजमा ‘कर्णाली पारीको गीत सार्वजनिक भएका हुन्।
‘लाउकी मायाजाल’मा डिबीसँगै भीम थापा नायक र निर्मला कार्की विष्टको शब्द रहेको छ। गीतलाई कटक नेपालीले संगीत दिएका छन् भने केशव बाबुले एरेन्ज गरेका छन्।
गीतको भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका छन्। भिडिओ प्रकाश खड्काले खिचेका छन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन्।
‘कर्णाली पारीको’मा विनोद बाजुरालीले संगीत दिएका छन्। एरेन्ज पनि विनोदकै रहेको छ। गीतको भिडिओलाई शंकर बिसीले निर्देशन गरेका छन्।
भिडिओमा शंकर र रवि ओडसँगै कविता नेपाली, मिस पवि(पवित्रा साकी) र शिबु पाण्डे फिचर्ड छन्। भिडिओलाई नवराज उप्रेतीले खिचेका छन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।