काठमाडौं– गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको ‘एक कदम’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ।
गीतमा गीतकार कमला न्यौपानेको शब्द र संगीतकार येदिन गजमेरको संगीत छ।
अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको ‘एक कदम’मा मोडल स्मारिका ढकाल र मोडल प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ। भिडिओलाई केशवराज भट्टले निर्देशन गरेका छन्।
रुपम सिंह गुरुगंको एरेन्ज रहेको गीतको छायांकन मान कृष्ण मर्हजनले गरेका हुन् भने भिडियोको सम्पादन बान्दे प्रसादले गरेका हुन्।
भिडिओको कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगष्रमा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।