काठमाडौं– ‘द भ्वाइस अफ नेपाल सिजन ४’ विजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ।
कर्ण गुरुङको प्रस्तुति रहेको म्युजिक भिडिओ करण राई युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो। करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको छ। त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
शान थापाले निर्देशन गरेको म्युजिक भिडिओमा करण र मोडल पूर्णिका सिजापतिको अभिनय रहेको छ।
टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियओमा रोशन विश्वकर्माको कोरियोगाफी रहेको छ।
अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडिओलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन्।
अनुस्का पौडेलको कस्ट्युम र सरिता मगरको मेकअप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।