काठमाडौं- ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणबाट धरौटीमा रिहा हुनुपर्ने माग गरेर पक्राउ परेका केही प्रतिवादीहरुले दायर गरेको निवेदनको सोमबार पेसी राख्न आदेश भएको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा हेर्न नभ्याएको अर्को दिनका लागि पेसी तोक्ने आदेश गरेको हो।
रहेको मुद्दा आइतबार पनि सर्वोच्च अदालतमा तथ्यभित्र प्रवेश भएर बहस नभएपछि अर्को मिति तोक्ने आदेश गर्ने भन्दै इजलास उठेको थियो। पक्षका कानुन व्यवसायीहरुले धेरै समयदेखि सुनुवाइ हुन नसकेको र आफ्नो पक्षहरु गैरकानुनी थुनामा रहेकाले गम्भीरतापूर्वक छिटो पेसी राखिदिन आग्रह गरेका थिए।
ललिता निवासको जग्गा कीर्तेमा पक्राउ परेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, सचिव कृष्णबहादुर राउत, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितको बन्दीको निवेदनमा बहस गर्न समय लाग्ने र समय नपुग्ने भन्दै न्यायाधीश माथेमा र श्रेष्ठको इजलासले अर्को दिन पेसी तोकेर सुनुवाइ गर्ने भनेको हो। यो सँगै मुद्दाको नयाँ पेसी तोकिएर नयाँ इजलसामा जाने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।