काठमाडौं– रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्को घटना आएपछि पहिलाको बिर्सन नमिल्ने बताइन्।
उनले भनिन्, ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ, अर्को घटना आएपछि अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। खासमा हामीलाई दुःखको लत लागेको छ।’
जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या र रसुवाको बाढीपछि सुकुम्वासीको पीडा भिडमा हराएको बताइन्।
उनले भनिन्, ‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्।’
नागरिकको पीडा बीच राज्यले भेद गर्न नमिल्ने बताइन्।
उनले थपिन्, ‘राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहोऔँ। पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणामसहित उभियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।