काठमाडौं- सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेका मुलुकले विश्वमा प्रगति गर्न नसकेका उल्लेख गरे।
राम्रो शैक्षिक जनशक्तिको विकास गर्न सक्ने मलुकको मात्रै प्रगति सम्भव रहेको बताउँदै उनले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको धारणा राखे।
सभामुख घिमिरेले भने, ‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नुपथ्र्यो त्यस रुपबाट विकास सायद हुन सकेन कि भन्ने प्रश्न उठिरहेको छ। शिक्षा भनेकै के हो? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।