काठमाडौं– अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन्। जिल्ला अदालत काठमाडौंले केसीको मुद्दामा दाबी नपुग्ने फैसला बुधबार सुनाएको हो।
केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध गाली बेइज्जतीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अन्तिम फैसला सुनाउँदै अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो।
न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।