काठमाडौं– ब्राजिलियन युवा स्टार खेलाडी भिटोर रोकलाई स्पेनिस ला–लिगा क्लब बार्सिलोनाले भित्र्याएको छ। स्पेनिस महारथी बार्सिलोनाले १८ वर्षीय रोकसँग सन् २०३१ सम्मको सम्झौता गरेको औपचारिक रुपमा जानकारी गराएको छ।
उनी सन् २०२४/०२५ बाट मात्रै बार्सिलोनमा आबद्ध हुनेछन्। उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि इच्छुक देखिएको थियो। अन्तत: बार्सिलोनाले बाजी मार्यो। रोक अहिले ब्राजिलियन क्लब एट्लेटीको परान्सेकामा आबद्ध छन्। बार्सिलोनाले सरुवा फि बापत ब्राजिलियन क्लब एट्लेटीको परान्सेकालाई ४० मिलियन यूरो तिरेको छ।
युवा खेलाडी भिटोरले ब्राजिलबाट दक्षिण अमेरिकन यु–२० च्याम्पियनसिपमा ६ गोल गरेका थिए। उनी सेन्टर फरवार्ड हुन्। १८ वर्षीय रोकले ५० लिग गेम खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।