• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इन्काउन्टरको डरले बुलेटप्रुफ ज्याकेट लगाउँथे गुण्डा, अहिले खुल्लमखुला व्यवसायीमाथि मुक्का!

छुटे दुई गुण्डा नाइके, थपिएको हो चुनौती?
64x64
नारायण अधिकारी शुक्रबार, असार २९, २०८०  १२:४७
1140x725
ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने गुण्डा नाइके सानुभाई र उनको समूह।

काठमाडौं– कुनै समय प्रहरी इन्काउन्टरको डरले बुलेटप्रुफ ज्याकेट लगाएर छद्म भेषमा हिँड्ने गुण्डाहरु अहिले फेरि सलबलाउन थालेका छन्। विगत केही समयदेखि राजधानीमा देखिएका विभिन्न घटनाहरुले फेरि गुण्डाहरु सलबलाउन थालेको संकेत देखाएको छ।

सीसी क्यामेराकै अगाडि गुण्डाहरुले व्यवसायीलाई धम्क्याउँदै मुक्का प्रहार गरेका फुटेजहरु बाहिरिएपछि फेरि गुण्डाराज सुरु हुन लागेको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन्। यस्तै प्रकृतिको घटना केही दिनअघि मात्रै ठमेलमा भएको छ।

विगत चार महिनादेखि नुवाकोट सूर्यगढी गाँउपालिका–१ घर भएका राजेन्द्र गुरुङ काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालन गर्दै आएका छन्। लामो समय वैदेशिक रोजगारीमा बसेर फर्केका उनले नेपालमा व्यवसाय गर्ने सोचसहित क्लब खोले। तर अहिले भने गुण्डाबाट आफैं असुरक्षित भएको भन्दै प्रहरीको शरणमा उनी पुगेका छन्।

असार १५ गते रातको करिब २ बजेको समयमा नुवाकोट ककनी गाँउपालिका घर भएका सानुभाई भनिने युवराज गुरुङ ओम्निया क्लबमा पुग्छन्। यसअघि पनि सानुभाई पटक–पटक ग्याङसहित क्लबमा छिर्ने र टन्न खाएर पैसा नतिरे हिँड्ने गरेको व्यवसायी राजेन्द्रको भनाइ छ। उल्टै उनीहरुलाई नै हप्ता बुझाउनु परेको व्यवसायीको गुनासो छ।

असार १५ गते पनि सानुभाईसहितको ग्याङ सधैं झै क्लबमा छिरेको थियो। त्यसपछि उनीहरुले सञ्चालक राजेन्द्रसहित क्लबका कर्मचारी तथा बाउन्सरलाई मुक्का हानेको दृश्य सीसीटीभी फुटेजमा देखिन्छ। सानुभाईले क्लबका कर्मचारीहरु सुरेश खड्का, आशिष नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको राजेन्द्रले प्रहरी समक्ष बताएका छन्।

sanuvai1689159546.png
ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने गुण्डा नाइके सानुभाई

राजेन्द्रले प्रहरी वृत्त सोह्रखुट्टेमा उनीहरुविरुद्ध जाहेरीसमेत दिएका छन्। त्यसपछि घटनामा संलग्न भएको आरोपमा गुण्डा नाइके सानुभाईको ग्याङका दुई जना विनोद लामा र रघु लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले बताए। उनीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। तर मुख्य नाइके भनिएका सानुभाई भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

यसबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी कारबाहीको दायरामा ल्याएरै छाड्ने बताउँछन्। ‘घटना सुरु भएलगत्तै हामीकहाँ जानकारी आएन। भर्खरमात्रै जानकारी आएकाले हामी खोजी कार्यमा जुटेका छौं। कारबाहीको दायरामा ल्याएरै छाड्छौं’ एसएसपी केसीले नेपाल लाइभसँग भने।

सानुभाई इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन्। उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे। गुरु घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै सानुभाई बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे। बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो। तर कुनै समय प्रहरीको डरले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने उनै सानुभाई अहिले खुल्लमखुला गुण्डागर्दी गर्दै हिँड्न थालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सानुभाईले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए। नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष आक्रमण गरेका थिए। तर राजनीतिक दबाबकाबीच सानुभाईमाथि त्यतिबेला कुनै कारबाही भएन। उनी नेपाली कांग्रेस निकट मानिन्छन्।

उनको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमण गरेको थियो भने २०७९ को माघ मा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए। उनलाई त्यहाँका स्थानीयहरुले समाते पनि उनी पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए।

सानुभाई फरार भए पनि अर्का एक गुण्डालाई भने प्रहरीले पक्राउ गरेको छ। काभ्रेका गुण्डा भनेर चिनिएका तथा हाल गाउँपालिका उपप्रमुखसमेत रहेका दावा लामाका सहयोगी अर्का गुण्डा वीरेन कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मानव बेचबिखनको आरोपमा मानव बेचबिखन ब्यूरोले पक्राउ गरेको थियो। तर पछि ठगी देखिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। अहिले उनीमाथि अनुसन्धान भइरहेको छ। अहिलेसम्मको अनुसन्धानबाट उनले ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ।

पछिल्लो केही समययता उपत्यकाका विशेषगरी ठमेल, दरबारमार्ग, गोंगबुलगायत क्षेत्रमा गुण्डागर्दी हुने गरेको देखिएको छ। करिब डेढ वर्षअघि ठमेलको एलओडी क्लबमा बितण्डा मच्चाएको भन्दै गुण्डा अभिषेक शेरचनलाई प्रहरीले पक्राउ गरेको थियो। तर पक्राउको केही समयमै उनी रिहा भए। माथिल्लो निकायबाट दबाब आएपछि प्रहरीले थेग्न नसकेर उनलाई सुटुक्क रिहा गरेको थियो।

kuldhoj1689158865.jpg
दरबारमार्गको प्लाटिनम क्लबमा प्रतिक भास्करलाई आक्रमण गर्ने काभ्रेली समूहका कुलध्वज लामा

गुण्डाहरु राजनीतिक संरक्षणमा हुनु र पक्राउ परे पनि दबाब आएपछि प्रहरी निरिह हुँदै छाड्नुले गुण्डाराजलाई प्रसय दिएको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। त्यहाँमाथि कतिपय व्यक्तिहरु त सक्रिय पार्टीमै आबद्ध भएर गुण्डागर्दी गरेकोसमेत देखिन्छ। युवा संघका केन्द्रीय सदस्य वकिल बम डान्सबारमा युवतीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका थिए। २०७८ चैत ११ गते प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई पक्राउ गरेको थियो। सोह्रखुट्टेका तत्कालीन डीएसपी दुर्गा दाहालले पक्राउ गरे तर तीन दिनमै उनी रिहा भएका थिए।

पछिल्लो समय फाट्टुफुट्ट रुपमा काठमाडौं उपत्यकामा गुण्डाहरु पुनः सक्रिय हुन थालेको यी घटनाहरुले पुष्टि गर्छन्। प्रहरीले केही वर्ष पहिले भने गुण्डाहरुमाथि कडा रुपमा प्रस्तुत हुँदै गोली चलाउनेदेखि इन्काउन्टरसम्म गरेको थियो। त्यसपछि गुण्डाहरु काठमाडौं छाड्नेदेखि नेपाल नै छाड्नेसम्म गरेका थिए। अहिले भने फेरि डिस्को–डान्सबारहरुमा गुण्डागर्दी सुरु हुन थालेको छ।

२०७९ असारमा काभ्रेली समूहका गुण्डा नाइके भनेर चिनिएका कुलध्वज लामाले दरबारमार्गको प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभास्कर सिंहमाथि आक्रमण गरेका थिए। कुलध्वज समूहको आक्रमणबाट प्रतिकभास्करको टाउको नै फुटेको थियो। पछि कुले भनेर चिनिने कुलध्वजलाई असार ३ गते प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको थियो। कुले बुद्धचित्त लुटपाट घटनामा दुई वर्ष जेलसमेत बसेर निस्केका व्यक्ति हुन्।

त्यसो त कुलेको समूह यसअघि पनि पटक–पटक विवादमा आउने गरेको थियो। सुन र डलर लुटपाटमा यो समूह सक्रिय रहेको थियो। २०७२ सालमा कुलेविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि पक्राउ गरेर मुद्दा चलाएको थियो।

नेपाली सेनाका एक जर्नेलका छोरासमेत रहेका प्रतिकभास्कर साथीहरुसँग रमाइलो गर्न भन्दै क्लबमा पुग्दा उनी आक्रमणको सिकार भएका थिए। गुण्डा नाइके कुलेसँगै विशाल तामाङ, सञ्जय लामा, डलर तामाङसहितका व्यक्तिले उनीमाथि आक्रमण गरेका थिए।

milan and rabin1689158638.jpg
गुण्डागर्दी गर्दै मेनपावर व्यवसायीबाट पैसा असुलेको आरोपमा डेढ वर्षअघि पक्राउ परेका मिलन र रवीन्द्र

काठमाडौं उपत्यकामा गुण्डागर्दी कुन हदसम्म हुन थालेको भन्ने उदाहरण करिब डेढ वर्षअघिको एक घटनाले प्रष्ट पारेको छ। गुण्डागर्दीबाट ९० लाख २५ हजार रुपैयाँ उठाएका दुई जनालाई २०७८ फागुन २१ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। त्यतिबेला काठमाडौं गंगाहिटी ४० वर्षीय मिलन जोशी र दोलखाको भीमेश्वरका रवीन्द्र बस्नेत पक्राउ परेका थिए।

युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई हामीहरु यस एरियाका दादा हौं भन्दै मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकममध्येको कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ दरले कमिसन दिनुपर्छ भनि पटक पटक धम्की दिँदै रकम असुल्ने गरेका थिए। पछि रकम दिन बन्द गरेको भन्दै २०७८ मंसिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालककी श्रीमती र स्टाफहरुसमेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गर्दै हातपातसमेत यो समूहले गरेको थियो।

छुटे दुई गुण्डा नाइके, थपिएको हो चुनौती?
गुण्डा नाइकेको रुपमा चिनिएका दुई पात्र रमेश बाहुन (सुजन पौडेल) र अभिषेक गिरी रिहा भएका छन्। गिरी ९ वर्ष लामो जेल सजय भुक्तान गरेर गत चैत ५ गते जिल्ला कारागार मोरङबाट रिहा भए। अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएर गिरी कारागार चलान भएका थिए। नेपाली कांग्रेसको आडमा गिरीले आपराधिक धन्दा चलाएका थिए।

कांग्रेस सरकारकै पालामा गिरीकै आग्रहमा उनलाई २०७८ मंसिरमा मोरङ कारागारमा सरुवा गरिएको थियो। मोरङ कारागारमा उनी चौकीदार बसेका थिए। मोरङ कारागारबाट गत पुसमा उनलाई मकवानपुरको भीमफेदी कारागारमा सरुवा गरिए पनि पहुँच लगाएर उनी मोरङमै बसेका थिए। जेलमा हुँदासमेत कांग्रेसले उनको संरक्षण गरिरहेको आरोप छ। जेलबाट छुटेपछि गिरी पुनः गुण्डागर्दीमा लाग्नसक्ने भन्दै उनीमाथि प्रहरीले सुक्ष्म निगरानी गरिरहेको छ।

ramesh bahun and avishek giri1689158514.png
हालै जेलमुक्त भएका रमेश बाउन (बायाँ) र अभिषेक गिरी

अर्का गुण्डा नाइके बाहुन गत वैशाख ८ गते रिहा भए। लागुऔषध मुद्दामा दोषी ठहर भएका उनी १० वर्ष कैद बसेर रिहा भए। भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ गरेको भन्दै सार्वजनिक गरेको थियो। उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्ताोल बरामद भएको दाबी गरिएको थियो।

काठमाडौं उपत्यकामा गुण्डागर्दी मार्फत् अवैध रकम असुलीमा संलग्न उनी लागुऔषध कारोबारमासमेत संलग्न रहेको प्रहरीको दाबी थियो। सोही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ (२) अनुसार मुद्दा दायर गरिएको थियो।

नेपाली सेनाको जागिर छाडेर आपराधिक गतिविधिमा लागेका उनलाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै टीका लगाएर तत्कालीन एमालेमा प्रवेश गराएका थिए। त्यो बेला बाहुन प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए।

ललितपुरमा मिनकृष्ण महर्जनमाथि गोली प्रहार भएपछि अनुसन्धानका क्रममा ललितपुरको सडक ठेक्काको विवादमा बाहुनको योजनामा श्रेष्ठमाथि गोली प्रहार भएको खुलेपछि उनी भागेर भारत पुगेका थिए।

अहिले जेलबाट निस्केपछि भने आफू सुध्रिएको र अब गुण्डागर्दीमा नलाग्ने बाहुनले बताउँदै आएका छन्। आफू अब रमेश बाहुन नभइ  सुजन पौडेल भएर चिनिने र समाज सेवामा लाग्ने उनको भनाइ छ।

दुई गुण्डा नाइके भर्खरै जेलमुक्त भएसँगै केही गुण्डागर्दीका घटनाहरु देखिनुले फेरि गुण्डागर्दीमा उनीहरुको अप्रत्यक्ष संलग्नता त होइन? भन्ने आशंका उठेको छ। यद्यपि, प्रहरी स्रोतले भने अहिले नै उनीहरु गुण्डागर्दीमा पुन: संलग्न भइनसकेको बतायो। ‘उनीहरुको विगतको पुष्टभूमिकै कारण सुरक्षा चुनौती त थपिन्छ नै। तर अहिले नै उनीहरुकै संलग्नतामा गुण्डागर्दी सुरु भयो भन्ने अवस्था छैन। यद्यपि उनीहरुको मुभमेन्टहरु प्रहरीले नियालिरहेको छ’ उपत्यकाको गुण्डागर्दीबारे जानकार एक प्रहरी अधिकृले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्