काठमाडौं– अख्तियार अनुसन्धान आयोगको टोलीले सडक डिभिजन कार्यालय लहान, सिरहाका लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ।
लेखा अधिकृत बिनोद पोखरेललाई एक लाख घुससहित अख्तियारको टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो।
सडक निर्माण कार्यको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो।
घुससहित सडक डिभिजन कार्यालय लहानबाटै पक्राउ परेका पोखरेलविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।