• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भृकुटीमण्डपको जग्गा प्रकरण: विशेषको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार, सांसद गुरुङ मुख्य अभियुक्त भएको दाबी

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०८०  १२:१०
1140x725

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको भृकुटीमण्डपस्थित फर्नपार्कको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंको फैसला उल्टिनुपर्ने दाबी गर्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। 

पूर्वमन्त्री एवं निलम्बित सांसद टेकबहादुर गुरुङलाई मतियार मात्र ठहर गर्ने र अन्य केही संलग्नहरुलाई सफाइ दिने विशेष अदालतको निर्णय उल्टिनुपर्ने जिकिर अख्तियारले सर्वोच्च अदालतमा लिएको छ। 

विशेष अदालतले २०७९ फागुनमा पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको थियो। अख्तियारले उक्त प्रकरणमा १४ जनाको संलग्नता भएको दाबी गरेको थियो। 

विशेषले पाँच जनालाई सफाइ दिँदै ९ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए। समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र  गुरुङ सहितलाई मुद्दा दायर गरिएको थियो।

न्यौपानेको नेतृत्वमा २० भदौ २०६९ मा बसेको समाज कल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिनाप्रतिस्पर्धा पूर्व श्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो। 

अख्तियारले अनुसन्धान गरी २०७५ माघ २१ मा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको  बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो। 

विशेषले अर्का पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई मतियारको रुपमा ठहर गर्ने निर्णय सुनाएको थियो। अख्तियारले उक्त निर्णय त्रुटिपूर्ण रहेको भन्दै दोषी ठहर हुनुपर्ने दाबी गरेको छ। विशेषले उनलाई उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै गुरुङले समाज कल्याण परिषद्लाई बुझाएको रकम रु. ४ करोड ३० लाख ६८ हजार घटाएर २० करोड ७१ लाख ३४ हजार ८ सय ३० रुपैयाँ बिगो र सोही बराबर कैद सजाय हुनुपर्ने जिकिर अख्तियारको पुनरावेदनमा गरिएको छ। 

‘प्रतिवादी टेकबहादुर गुरुङको हकमा मुख्य आरोपित नठहरी मतियार कायम गर्दा प्रतिवादी टेकबहादुर गुरुङले वारेसनामा अख्तियारी नदिएको विषयमा निवेदन दिई करार सम्झौता गरेको देखियो,’ अभियोगपत्रमा भनिएको छ, ‘यसरी मुद्दा किटान नगरी सो अनाधिकृत कार्य गरी प्रतिवादी गुरुङले स-प्रतिवादी रविन्द्र गुरुङको सहयोगी बनी रविन्द्र गुरुङको हितमा कार्य गरेको देखिँदा प्रतिवादी टेकबहादुर गुरुङको हकमा भ्रष्टाचार निवारण ऐनअनुसार सजाय हुनुपर्ने देखिन्छ।’ 

Ncell 2
Ncell 2

त्यस्तै प्रतिवादीहरु बलबहादुर स्वाँर, मदनप्रसाद रिमाल, रत्न गाहा मगर फनपार्क सञ्चालन सम्बन्धमा अध्ययन समितिको प्रतिवेदन दिने व्यक्तिहरुलाई सफाइ दिने निर्णय पनि बदर हुनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ। 

परिषद्को गुरुयोजना, फनपार्क सञ्चालकको लगानी, नियममा भएको व्यवस्था तथा प्रचलन तथा मेला सञ्चालनको सम्बन्धमा अनुभवका आधारमा देखिएको जोखिम र पूर्वानुमान एवं फनपार्क सञ्चालकको परिषद्सँगको आर्थिक कारोबार अवस्थालाई दृष्टिगत गरी उनीहरु दोषी ठहर हुनुपर्ने जिकिर अभियोपत्रमा गरिएको छ। 

त्यस्तै प्रतिवादी प्रेमसिंह धामी र जगदेव चौधरीको हकमा पनि विशेषको फैसला उल्टनुपर्ने दाबी अभियोगपत्रमा गरिएको छ। उनीहरु कानुनी सल्लाहकार भएको र गलत सल्लाह दिएको दाबी अभियोगपत्रमा गरिएको छ। 

विशेषले फागुन २५ गते सजाय निर्धारणको फैसला सुनाउँदै पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो तथा जरिवाना तोकिएको थियो। 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले भृकुटीमण्डपको जग्गामा मेला सञ्चालन गरेका व्यवसायी तथा मनाङबाट निर्वाचित भएका नेपाली कांग्रेसका सांसद मतियारको रुपमा मात्र कसुरदार ठहर गरेको थियो। उनलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने  तर कैद सजाय नहुने फैसला सुनाइएको थियो। 

समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई ८ वर्ष कैद तथा थप ६ महिना कैद सजाय सुनाइएको थियो भने तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीको मृत्यु भइसकेकाले केवल बिगो असुलउपर गर्ने भनेको थियो।

तत्कालीन सदस्यसचिव र इन्जिनियर रविन्द्रप्रसाद यादवलाई पनि ८ वर्ष तथा थप ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो र जरिवाना र तत्कालीन सदस्य मोहनराज शर्मालाई पनि सोही बराबर  जरिवाना र बिगो तथा ८ वर्ष कैद सजाय सुनाइएको थियो। 

अर्का सदस्य मदनकुमार लाल कर्णलाई पनि उति नै सजाय र बिगो तथा जरिवाना हुने फैसला भएको थियो। हरि न्यौपानेलाई ८ वर्ष कैद भए पनि बिगो र जरिवानाको सजाय भएको छैन। भृकुटीमण्डपमा मेलाका प्रमुख सञ्चालक रविन्द्र गुरुङलाई भने १ करोड २१ लाख रुपैयाँभन्दा बढी बिगो र जरिवानाको सजाय सुनाइएको थियो। सर्वोच्चले यो फैसलालाई अब पुन: सुनुवाइ गरी निर्णय दिनेछ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
दुर्गा प्रसाईं पोखराबाट पक्राउ कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । सोमबार, माघ ५, २०८२
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष अस्पतालका निर्देशक डा दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि ३० आकस्मिक... सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) प्रहरी प्रधान कार्यालय, नक्सालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो। सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्