• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भृकुटीमण्डपको जग्गा प्रकरण: विशेषको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार, सांसद गुरुङ मुख्य अभियुक्त भएको दाबी

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०८०  १२:१०
1140x725

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको भृकुटीमण्डपस्थित फर्नपार्कको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंको फैसला उल्टिनुपर्ने दाबी गर्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। 

पूर्वमन्त्री एवं निलम्बित सांसद टेकबहादुर गुरुङलाई मतियार मात्र ठहर गर्ने र अन्य केही संलग्नहरुलाई सफाइ दिने विशेष अदालतको निर्णय उल्टिनुपर्ने जिकिर अख्तियारले सर्वोच्च अदालतमा लिएको छ। 

विशेष अदालतले २०७९ फागुनमा पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको थियो। अख्तियारले उक्त प्रकरणमा १४ जनाको संलग्नता भएको दाबी गरेको थियो। 

विशेषले पाँच जनालाई सफाइ दिँदै ९ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए। समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र  गुरुङ सहितलाई मुद्दा दायर गरिएको थियो।

न्यौपानेको नेतृत्वमा २० भदौ २०६९ मा बसेको समाज कल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिनाप्रतिस्पर्धा पूर्व श्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो। 

अख्तियारले अनुसन्धान गरी २०७५ माघ २१ मा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको  बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो। 

विशेषले अर्का पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई मतियारको रुपमा ठहर गर्ने निर्णय सुनाएको थियो। अख्तियारले उक्त निर्णय त्रुटिपूर्ण रहेको भन्दै दोषी ठहर हुनुपर्ने दाबी गरेको छ। विशेषले उनलाई उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै गुरुङले समाज कल्याण परिषद्लाई बुझाएको रकम रु. ४ करोड ३० लाख ६८ हजार घटाएर २० करोड ७१ लाख ३४ हजार ८ सय ३० रुपैयाँ बिगो र सोही बराबर कैद सजाय हुनुपर्ने जिकिर अख्तियारको पुनरावेदनमा गरिएको छ। 

‘प्रतिवादी टेकबहादुर गुरुङको हकमा मुख्य आरोपित नठहरी मतियार कायम गर्दा प्रतिवादी टेकबहादुर गुरुङले वारेसनामा अख्तियारी नदिएको विषयमा निवेदन दिई करार सम्झौता गरेको देखियो,’ अभियोगपत्रमा भनिएको छ, ‘यसरी मुद्दा किटान नगरी सो अनाधिकृत कार्य गरी प्रतिवादी गुरुङले स-प्रतिवादी रविन्द्र गुरुङको सहयोगी बनी रविन्द्र गुरुङको हितमा कार्य गरेको देखिँदा प्रतिवादी टेकबहादुर गुरुङको हकमा भ्रष्टाचार निवारण ऐनअनुसार सजाय हुनुपर्ने देखिन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै प्रतिवादीहरु बलबहादुर स्वाँर, मदनप्रसाद रिमाल, रत्न गाहा मगर फनपार्क सञ्चालन सम्बन्धमा अध्ययन समितिको प्रतिवेदन दिने व्यक्तिहरुलाई सफाइ दिने निर्णय पनि बदर हुनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ। 

परिषद्को गुरुयोजना, फनपार्क सञ्चालकको लगानी, नियममा भएको व्यवस्था तथा प्रचलन तथा मेला सञ्चालनको सम्बन्धमा अनुभवका आधारमा देखिएको जोखिम र पूर्वानुमान एवं फनपार्क सञ्चालकको परिषद्सँगको आर्थिक कारोबार अवस्थालाई दृष्टिगत गरी उनीहरु दोषी ठहर हुनुपर्ने जिकिर अभियोपत्रमा गरिएको छ। 

त्यस्तै प्रतिवादी प्रेमसिंह धामी र जगदेव चौधरीको हकमा पनि विशेषको फैसला उल्टनुपर्ने दाबी अभियोगपत्रमा गरिएको छ। उनीहरु कानुनी सल्लाहकार भएको र गलत सल्लाह दिएको दाबी अभियोगपत्रमा गरिएको छ। 

विशेषले फागुन २५ गते सजाय निर्धारणको फैसला सुनाउँदै पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो तथा जरिवाना तोकिएको थियो। 

Xtrem

Xtrem

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले भृकुटीमण्डपको जग्गामा मेला सञ्चालन गरेका व्यवसायी तथा मनाङबाट निर्वाचित भएका नेपाली कांग्रेसका सांसद मतियारको रुपमा मात्र कसुरदार ठहर गरेको थियो। उनलाई एक करोड २१ लाख ८४ हजार रुपैयाँभन्दा जरिवाना र उति नै रकम बिगो असुलउपर गर्ने  तर कैद सजाय नहुने फैसला सुनाइएको थियो। 

समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई ८ वर्ष कैद तथा थप ६ महिना कैद सजाय सुनाइएको थियो भने तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीको मृत्यु भइसकेकाले केवल बिगो असुलउपर गर्ने भनेको थियो।

तत्कालीन सदस्यसचिव र इन्जिनियर रविन्द्रप्रसाद यादवलाई पनि ८ वर्ष तथा थप ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो र जरिवाना र तत्कालीन सदस्य मोहनराज शर्मालाई पनि सोही बराबर  जरिवाना र बिगो तथा ८ वर्ष कैद सजाय सुनाइएको थियो। 

अर्का सदस्य मदनकुमार लाल कर्णलाई पनि उति नै सजाय र बिगो तथा जरिवाना हुने फैसला भएको थियो। हरि न्यौपानेलाई ८ वर्ष कैद भए पनि बिगो र जरिवानाको सजाय भएको छैन। भृकुटीमण्डपमा मेलाका प्रमुख सञ्चालक रविन्द्र गुरुङलाई भने १ करोड २१ लाख रुपैयाँभन्दा बढी बिगो र जरिवानाको सजाय सुनाइएको थियो। सर्वोच्चले यो फैसलालाई अब पुन: सुनुवाइ गरी निर्णय दिनेछ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
सम्बन्धित सामग्री
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्