काठमाडौं- सेयर बजार सोमबार करिब स्थिर रहेको छ। कारोबार अंक एक पटक माथि पुगे पनि समय सकिँदै गर्दा ०.८० अंकले घट्न पुगेको छ।
आइतबारभन्दा ०.८० अंकले घटेको बजार २०७६.९६ विन्दुमा कायम रहेको छ। यद्यपि पछिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार देखिएको छ। आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ।
सोमबार वित्त उपसमूहको २.७१ प्रतिशत बढेको छ। यो धेरै कमाउने सपसमूह हो।
सोमबार रावा इनर्जीको सबैभन्दा धेरै ९.९८ प्रतिशतले, गुहेश्वरी मर्चेण्ट बैंक, स्वेतगंगा हाइड्रो, अरुण कावेली पावर, नेपाल फाइनान्सको मूल्य धेरैले बढेको छ भने हिमालयन हाइड्रोपावर, सिटी होटल, सिद्धार्थ इक्विटी फण्डसहितका धितोपत्रको मूल्य भने घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।