काठमाडौं– असार २७ देखि साउन १ गतेसम्म थाइल्याण्डको पटैयामा सञ्चालन हुने २४ औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ। यसअघि पनि शिवम् सिमेन्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, फुटबल, भलिबल, म्याराथन) लगायतमा प्रायोजन गरिसकेको छ।
एसियन एथलेटिक्स च्याम्पियनसिपको २४ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागिता जनाउनका लागि आयुष कुँवर, शिवराज पार्की, फूलमती राना, राजपुरा पच्ची, सोमबहादुर कुमाल र दीपक अधिकारी गरी सात जना खेलाडी जाने भएका छन्।
प्रतियोगिता अघिल्लोपटक चीनमा हुने भनिए पनि कोभिडका कारण रद्द भएको थियो। एसियाका विभिन्न ३७ देशका खेलाडीहरु यो प्रतियोगितामा सहभागी बन्ने छन्।
नेपालका तर्फबाट सहभागी खेलाडीमध्ये आयुष कुँवर र शिवराज पार्की जसले एसियन एथलेटिक्समा १०० मिटर र २०० सय मिटरको दौडमा सहभागिता जनाउनेछन्। आयुष २०१८ नेशनल गेम गोल्ड मेडलिष्ट हुन् भने शिवराज हालैको नेशनल च्पाम्पियन हुन्।
एपिएफकी फूलमती ८०० देखि १५०० मिटर दूरीको दौड, राजपुरा ५००० मिटर, सोमबहादुर ४०० देखि ८०० मिटर र दीपक अधिकारी १०,००० मिटर दौडमा सहभागी हुनेछन्। दीपक यसअघ एसियन क्रस कन्ट्री च्याम्पियन हुन्।
काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल एथलेटिक्स एसोसियशनका तर्फबाट सचिव आर के विष्ट र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङ भिपी निखिल अग्रवालले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।