• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा संघीय मन्त्रीकै गुनासो– गुट फरक पर्दा अर्थमन्त्रीले बजेट काटिदिए

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असार २२, २०८०  १२:४१
1140x725

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको जारी भेलामा चाकडी गर्नेले अवसर पाएकोदेखि संघदेखि प्रदेशसम्मका बजेटमा असन्तुष्टिसम्मका आवाजहरु उठेका छन्।

मोरङ जिल्ला सभापति समेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अर्थमन्त्री प्रकाशशरण महतले गुट नमिलेकै कारण आफ्नो मन्त्रालयको बजेट सिलिङ घटाएको आरोप लगाए। भेलामा सहभागी एक नेताले लिम्बुको भनाइ उद्घृत गर्दै भने, ‘अर्थमन्त्री प्रकाशशरण महतज्यूले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गर्नुभयो। गुट नमिलेका कारण हाम्रो मन्त्रालयको बजेट सिलिङ घटाइदिनुभयो।’  अर्थमन्त्री महत सभापति शेरबहादुर देउवा र लिम्बु डा शेखर कोइरालानिकट हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको सभापतिहरुको भेलामा उपस्थित अधिकांसले पार्टीको वर्तमान अवस्थाका बारेमा बोलेका छन्।

कांग्रेसका अधिकांश सभापतिहरुले कांग्रेसभित्र गुट–उपगुट मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पार्टीमा विधानअनुसार काम नभएको, पार्टीका कामकारबाहीहरु कर्मकाण्डी मात्रै भएको, नेताहरुको चाकडी गर्नेहरुले मात्रै अवसर पाएको र वास्तविक नेता कार्यकर्ताको मूल्याङ्कन नभएको भन्दै गुनासो गरेका छन्।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस भित्र गुटबन्दी बढ्दै गएको बताए। उनले भने, ‘पार्टी विधान अनुरुप चल्न सकेको छैन। पार्टीभन्दा ठूलो अर्को एनजीओ छैन। क्यालेण्डर अनुसार हुनुपर्ने काम कर्मकाण्डी मात्रै भए।’ त्यसैगरि कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामाले कांग्रेसबाट निर्वाचित पदाधिकारीहरु जिल्लामा नरहेको र विदेश पलायन भएको बताए। साथै उनले पार्टीलाई अन्तरघात गर्नेहरुलाई समेत पार्टीले कारबाही गर्न नसकेको गुनासो गरे। उनले विधानमा सभापतिलाई अधिकारसम्पन्न बनाउनु पर्नेमा जोड दिँदै केन्द्रमा भएको गुटबन्दीका कारण तल्लो तहसम्म थिलथिलो बनेको बताए।

त्यस्तै, पाँचथरका सभापति रुपनारायण जगेवुले पार्टीको क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेमा जोड दिए। उनले कांग्रेसप्रति युवाको आकर्षण नघटेको दाबी गरे। कांग्रेस सप्तरीका जिल्ला सभापति रामदीप साहले सातवटै प्रदेशमा कांग्रेसको सरकार भए पनि कांग्रेस कार्यकर्ताहरुले त्यसको अनुभूति नगरेको बताए।

साहले भने, ‘सातै प्रदेशमा कांग्रेसको सत्ता छ। केन्द्रमा पनि साझेदारी सत्ता छ। र हाम्रो पार्टीको क्रियाशीलता छैन। त्यसलाई सक्रिय बनाउन आवश्यक छ।’

‘चाकडी गर्नेलाई अवसर’, बजेटमा असन्तुष्टि
जिल्ला सभापतिहरुको भेलामा केही सभापतिहरुले चाकडी गर्नेले मात्रै अवसर पाएको गुनासो गरे। सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका भातृ संगठन गठन गर्दा जिल्ला सभापतिहरुलाई एकपटक पनि नसोधेको आरोप लगाए। उनले भने, ‘पार्टीको भातृसंगठन गठन गर्दा जिल्ला सभापतिहरुलाई सोधिएको छैन। एउटै व्यक्ति दोहोरो भूमिकामा छ। तर दुख गर्नेले अवसर प्राप्त गर्न सक्दैन।’

Ncell 2
Ncell 2

त्यस्तै, कांग्रेस सप्तरीका जिल्ला सभापति रामदीप साहले केन्द्र र प्रदेशले बजेट विनियोजन गर्दा समेत उपेक्षा गरेको आरोप लगाए। प्रतिनिधि सभा सदस्यसमेत रहेका रामेछाप जिल्लाका सभापति पूर्णबहादुर तामाङले पनि सरकार र पार्टीबीच समन्वयको अभाव रहेको औंल्याए।

त्यस्तै, शंखुवासभाका सभापति दीपकबहादुर खड्काले आफ्नै पार्टीका मन्त्रीहरुसँग भेट्न समेत नपाएको गुनासो गरे। कांग्रेसका ९ जना जिल्ला सभापति सांसद रहेका छन्। उनीहरु सवैले बजेटप्रति असन्तुष्टि जनाएका हुन्।

अछाम जिल्लाका सभापति पुष्पबहादुर शाह र बाजुरा जिल्लाका सभापति रामसिंह रावलले केन्द्रदेखि प्रदेशसम्मका मन्त्रीले आफू अनुकुल बजेट विनियोजन गरेका कारण जिल्लामा जान नसिकने अवस्था सिर्जना भेलामा बताएका छन्।

उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। साथै सभापतिहरुले पार्टीलाई पुनर्जागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरुको बारेमा कुरा राखेको र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो समेत पोखेका छन्।

प्रविधिमैत्री सदस्यता वितरण तथा नवीकरण प्रणाली एवं संगठन सुदृढीकरण लगायतका  विविध विषयमा आह्वान गरिएको उक्त भेलामा पार्टीको रुपान्तरणको खाका बारेमा नेतृत्वपंक्तिलाई स्पष्ट पार्न समेत भनेका छन्।  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले पार्टीको रुपान्तरणमा आफूहरु सक्रिय भएको बताएका थिए। कांग्रेसले पहिलोपटक पार्टी सदस्यताका लागि अनलाइनमार्फत् नै आवेदन दिनसक्ने बनाएको बताएका थिए।

उनले भनेका थिए, ‘पार्टी सदस्यताको साधरण सदस्यता र क्रियाशील सदस्यताको विषयमा मतभेद बढ्न नदिन कांग्रेसले प्रविधिमैत्री सदस्यता वितरण र नवीकरण गर्नेछ।’

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक मिन विश्वकर्माले कांग्रेसका क्रियाशील सदस्यताको विषयमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको भए पनि महाधिवेशनमा मात्रै एकै चोटी गर्ने परिपाटीका कारण नवीकरण र नयाँ सदस्यताको बारेमा विवाद हुने गरेको बताए। उनले भने, ‘पार्टीले महामन्त्रीद्वयलाई दिएको जिम्मेवारीअनुसार जिल्ला सभापतिको भेला गरिएको छ। पार्टीको प्रविधिमैत्री सदस्यता र नवीकरण प्रणालीका बारेमा छलफल भयो। अब कांग्रेस पार्टीमा आबद्ध हुन चाहनेले अनलाइन प्रणालीमार्फत् नै सदस्यता हासिल गर्न सक्नेछन्।’

बोल्न बाँकी सभापतिहरुले शुक्रबार बोलेपछि महामन्त्रद्वय थापा र शर्माले सम्बोधन गरेर कार्यक्रम सकिनेछ। शुक्रबार बिहान ११ बजेदेखि भेला फेरि सुरु भएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्