• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा संघीय मन्त्रीकै गुनासो– गुट फरक पर्दा अर्थमन्त्रीले बजेट काटिदिए

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असार २२, २०८०  १२:४१
1140x725

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको जारी भेलामा चाकडी गर्नेले अवसर पाएकोदेखि संघदेखि प्रदेशसम्मका बजेटमा असन्तुष्टिसम्मका आवाजहरु उठेका छन्।

मोरङ जिल्ला सभापति समेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अर्थमन्त्री प्रकाशशरण महतले गुट नमिलेकै कारण आफ्नो मन्त्रालयको बजेट सिलिङ घटाएको आरोप लगाए। भेलामा सहभागी एक नेताले लिम्बुको भनाइ उद्घृत गर्दै भने, ‘अर्थमन्त्री प्रकाशशरण महतज्यूले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गर्नुभयो। गुट नमिलेका कारण हाम्रो मन्त्रालयको बजेट सिलिङ घटाइदिनुभयो।’  अर्थमन्त्री महत सभापति शेरबहादुर देउवा र लिम्बु डा शेखर कोइरालानिकट हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको सभापतिहरुको भेलामा उपस्थित अधिकांसले पार्टीको वर्तमान अवस्थाका बारेमा बोलेका छन्।

कांग्रेसका अधिकांश सभापतिहरुले कांग्रेसभित्र गुट–उपगुट मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पार्टीमा विधानअनुसार काम नभएको, पार्टीका कामकारबाहीहरु कर्मकाण्डी मात्रै भएको, नेताहरुको चाकडी गर्नेहरुले मात्रै अवसर पाएको र वास्तविक नेता कार्यकर्ताको मूल्याङ्कन नभएको भन्दै गुनासो गरेका छन्।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस भित्र गुटबन्दी बढ्दै गएको बताए। उनले भने, ‘पार्टी विधान अनुरुप चल्न सकेको छैन। पार्टीभन्दा ठूलो अर्को एनजीओ छैन। क्यालेण्डर अनुसार हुनुपर्ने काम कर्मकाण्डी मात्रै भए।’ त्यसैगरि कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामाले कांग्रेसबाट निर्वाचित पदाधिकारीहरु जिल्लामा नरहेको र विदेश पलायन भएको बताए। साथै उनले पार्टीलाई अन्तरघात गर्नेहरुलाई समेत पार्टीले कारबाही गर्न नसकेको गुनासो गरे। उनले विधानमा सभापतिलाई अधिकारसम्पन्न बनाउनु पर्नेमा जोड दिँदै केन्द्रमा भएको गुटबन्दीका कारण तल्लो तहसम्म थिलथिलो बनेको बताए।

त्यस्तै, पाँचथरका सभापति रुपनारायण जगेवुले पार्टीको क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेमा जोड दिए। उनले कांग्रेसप्रति युवाको आकर्षण नघटेको दाबी गरे। कांग्रेस सप्तरीका जिल्ला सभापति रामदीप साहले सातवटै प्रदेशमा कांग्रेसको सरकार भए पनि कांग्रेस कार्यकर्ताहरुले त्यसको अनुभूति नगरेको बताए।

साहले भने, ‘सातै प्रदेशमा कांग्रेसको सत्ता छ। केन्द्रमा पनि साझेदारी सत्ता छ। र हाम्रो पार्टीको क्रियाशीलता छैन। त्यसलाई सक्रिय बनाउन आवश्यक छ।’

‘चाकडी गर्नेलाई अवसर’, बजेटमा असन्तुष्टि
जिल्ला सभापतिहरुको भेलामा केही सभापतिहरुले चाकडी गर्नेले मात्रै अवसर पाएको गुनासो गरे। सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका भातृ संगठन गठन गर्दा जिल्ला सभापतिहरुलाई एकपटक पनि नसोधेको आरोप लगाए। उनले भने, ‘पार्टीको भातृसंगठन गठन गर्दा जिल्ला सभापतिहरुलाई सोधिएको छैन। एउटै व्यक्ति दोहोरो भूमिकामा छ। तर दुख गर्नेले अवसर प्राप्त गर्न सक्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, कांग्रेस सप्तरीका जिल्ला सभापति रामदीप साहले केन्द्र र प्रदेशले बजेट विनियोजन गर्दा समेत उपेक्षा गरेको आरोप लगाए। प्रतिनिधि सभा सदस्यसमेत रहेका रामेछाप जिल्लाका सभापति पूर्णबहादुर तामाङले पनि सरकार र पार्टीबीच समन्वयको अभाव रहेको औंल्याए।

त्यस्तै, शंखुवासभाका सभापति दीपकबहादुर खड्काले आफ्नै पार्टीका मन्त्रीहरुसँग भेट्न समेत नपाएको गुनासो गरे। कांग्रेसका ९ जना जिल्ला सभापति सांसद रहेका छन्। उनीहरु सवैले बजेटप्रति असन्तुष्टि जनाएका हुन्।

अछाम जिल्लाका सभापति पुष्पबहादुर शाह र बाजुरा जिल्लाका सभापति रामसिंह रावलले केन्द्रदेखि प्रदेशसम्मका मन्त्रीले आफू अनुकुल बजेट विनियोजन गरेका कारण जिल्लामा जान नसिकने अवस्था सिर्जना भेलामा बताएका छन्।

उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। साथै सभापतिहरुले पार्टीलाई पुनर्जागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरुको बारेमा कुरा राखेको र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो समेत पोखेका छन्।

Xtrem

Xtrem

प्रविधिमैत्री सदस्यता वितरण तथा नवीकरण प्रणाली एवं संगठन सुदृढीकरण लगायतका  विविध विषयमा आह्वान गरिएको उक्त भेलामा पार्टीको रुपान्तरणको खाका बारेमा नेतृत्वपंक्तिलाई स्पष्ट पार्न समेत भनेका छन्।  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले पार्टीको रुपान्तरणमा आफूहरु सक्रिय भएको बताएका थिए। कांग्रेसले पहिलोपटक पार्टी सदस्यताका लागि अनलाइनमार्फत् नै आवेदन दिनसक्ने बनाएको बताएका थिए।

उनले भनेका थिए, ‘पार्टी सदस्यताको साधरण सदस्यता र क्रियाशील सदस्यताको विषयमा मतभेद बढ्न नदिन कांग्रेसले प्रविधिमैत्री सदस्यता वितरण र नवीकरण गर्नेछ।’

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक मिन विश्वकर्माले कांग्रेसका क्रियाशील सदस्यताको विषयमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको भए पनि महाधिवेशनमा मात्रै एकै चोटी गर्ने परिपाटीका कारण नवीकरण र नयाँ सदस्यताको बारेमा विवाद हुने गरेको बताए। उनले भने, ‘पार्टीले महामन्त्रीद्वयलाई दिएको जिम्मेवारीअनुसार जिल्ला सभापतिको भेला गरिएको छ। पार्टीको प्रविधिमैत्री सदस्यता र नवीकरण प्रणालीका बारेमा छलफल भयो। अब कांग्रेस पार्टीमा आबद्ध हुन चाहनेले अनलाइन प्रणालीमार्फत् नै सदस्यता हासिल गर्न सक्नेछन्।’

बोल्न बाँकी सभापतिहरुले शुक्रबार बोलेपछि महामन्त्रद्वय थापा र शर्माले सम्बोधन गरेर कार्यक्रम सकिनेछ। शुक्रबार बिहान ११ बजेदेखि भेला फेरि सुरु भएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्