काठमाडौं– अभिनेत्री एलिजा गौतमले राजनीतिबाट विश्राम लिने घोषणा गरेकी छन्। बिहीबार फेसबकु पोस्टमार्फत् उनले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गरेकी हुन्।
आफ्नो फेसबुक पोस्टमा उनले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङको कामबाट प्रभावित भएको भन्दै मेयरसँगै वृक्षारोपण कार्यक्रममा सहभागी भएको पनि बताइन्। यतिबेला उनी धरानमा छिन्। उनले हर्क सामपाङसँगको तस्बिरहरू पनि पोस्ट्याएकी छन्।
‘मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ। श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु। यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु,’ उनले लेखेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु।’
एलिजा रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीमा गत माघमा प्रवेश गरेकी थिइन्। रेशम चौधरी रिहा भएपछि कार्यक्रमहरूम उनी सँगै पनि देखिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।