काठमाडौं– गायक रविन तामाङको मृत्युले नेपाली ‘रक पप’ संगीत क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै नेपाली कांग्रेसले समवेदना प्रकट गरेको छ।
कांग्रेका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै नेपाली ‘रकस्टार’ तथा अभिनेता रविन तामाङको निधनप्रति दुख व्यक्त गरेका छन्।
‘दम मारो दम’, ‘केटा केटी’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘मेरो माया’ जस्ता चर्चित गीतमार्फत् नेपाली ‘रक–पप’ सङ्गीतलाई पहिचान र उचाईमा पुर्याउन उनको महत्त्वपूर्ण योगदान रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उनको निधनबाट नेपाली ‘रक–पप’ सङ्गीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।