नयाँ दिल्ली– मंगलबार शाहरुख खान अमेरिकामा एउटा फिल्मको सुटिङका क्रममा दुर्घटनामा परेको खबर आयो। उनको नाकको सानो शल्यक्रिया पनि गरिएको खबर प्रसारित भए।
आज बिहानै खान परिवारसहित भारत फर्केका छन्। शल्यक्रियापछि उनको न ब्यान्डेज थियो न टाँका। उनलाई हेर्दा कुनै चोटपटक लागेको छैन।
शाहरुख खानको चोटको खबर सत्य हो कि अफवाह? उनका पछिल्लो तस्विर र भिडियो देख्दा नाक वा कतै पनि कुनै प्रकारको चोटपटक देखिएको थिएन।
शाहरुख खान आफ्नी श्रीमती गौरी र छोरा अबरामसँग मुम्बई एयरपोर्टबाट बाहिर निस्किएका थिए।
खानलाई देखेर फोटोग्राफरहरूले स्वास्थ्यबारे सोधिरहेका थिए। तर शाहरुख कसैलाई केही नभनी कारमा बसे।
सुटिङका क्रममा उनी घाइते भएको कुरा ट्वीटरमा ट्रेन्डिङमा पनि गयो। यद्यपि, उनको सचिवालयबाट आधिकारिक पुष्टि भएको छैन।
पछि उनको नजिकको स्रोतले पीटीआईलाई भने, 'यो गलत समाचार हो'।
हिन्दीन्युज१८डटकमबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।