काठमाडौं– ७० र ८०को दशकका लोकप्रिय कलाकार हरिश मैगनको ७६ वर्षको उमेरमा निधन भएको छ।
अमिताभ बच्चनसँग ‘नमक हलाल’ मा देखिएका हरीशको निधनको खबरले बलिउडमा शोकको लहर छ। उनको मृत्यु १ जुलाईमा मुम्बईमा भएको थियो।
गोलमाल र शहंशाह जस्ता फिल्मबाट हरीशले बलिउडमा विशेष स्थान बनाएका थिए। हरिशका श्रीमती, छोरा सिद्धार्थ र छोरी आरुषी छन्।
हरीशको मृत्युको कारण खुल्न सकेको छैन। रिपोर्टका अनुसार हरिले मुम्बईमा लामो समय फिल्मी दुनियाँबाट टाढा रहेको एक्टिङ्ग स्कुल चलाउँथे।
हरिशको जन्म ६ डिसेम्बर १९४६ मा भएको थियो। ‘चुपके चुपके’, ‘मुक्कादर का सिकन्दर’ जस्ता फिल्ममा देखिएका हरीश पछिल्लो पटक १९९७ मा आएको फिल्म ‘उफ ये मोहब्बत’ मा देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।