काठमाडौं– भारतीय इलेक्ट्रिक ब्राण्ड गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीको दाबी छ।
गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वच्छ पार्ने कम्पनीको दाबी छ।
यो एसी आर३२ ईको रेफ्रिजिरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ। टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यो एसीमा विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ। गोडरेजको यो एअर कन्डीसनरमा १० वर्षको इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल र अनलाइन सपिङ साइट cgdigital.com.np मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रबिभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्। कम्पनीले नेपालभरी छरिएका ४० भन्दा बढी सर्भिस सेन्टरहरुबाट बिक्री पश्चात सेवा पनि प्रदान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।