काठमाडौं– एनएमबी बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा ‘सकारात्मक परिवर्तन’ ल्याउने उद्देश्यसहित २ वटा अफरहरू घोषणा गरेको छ।
अफरमा ग्राहकहरुले eNMB एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन्। परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने बैंकले जनाएको छ। सो अफर साउन मसान्तसम्म लागु हुनेछ।
साथै एनएमबी बैंकले असार २०८० सम्म आफ्ना ग्राहकहरुका लागि नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ। एनएमबी बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।