काठमाडौं– गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ गीत ‘एक्लो’ रिलिज गर्दै ‘प्रोजेक्ट नजिक’ को घोषणा गरेका छन्।
नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’मार्फत् उनले नयाँ तथा पुराना ९ गीतलाई एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका हुन्। जसमा १२ गीत रहने छन्।
दीपकले यो अभियान स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी गरेका छन्। जसको पहिलो प्रारुपको रुपमा नयाँ गीत ‘एक्लो’लाई लिइएको छ।
‘प्रोजेक्ट नजिक’ एक डिजाइनिङ शो हो, जुन तीन भागमा विभाजन हुनेछ। पहिलो भागलाई अनप्लग लाइभ अर्थात् स्पट लाइभ इभेन्ट, दोस्रो भागमा मीट एण्ड ग्रीट तय गरिएको छ भने तेस्रो भाग अपबिट कन्सर्ट अर्थात् ईडीएम हो।
जसमा कार्यक्रमको मजा लिंदै नाच्दै, गाउँदै रमाउँदै नयाँ र पुराना गीतको प्रस्तुतिमा रमाउन सकिने दीपक बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।