प्रतिकात्मक तस्बिर मान्म– कालिकोटका ५ स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष ८ महिला र १२ पुरुष गरी २० जना कालाजारका बिरामी फेला परेका छन्। यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ४३ तथा आव २०७८/७९ मा २८ जना कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए।
जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा सङ्केत विश्वकर्माले बताए। ‘पहिला तराईमा मात्र देखिने कालजार र औलो रोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ,’ उनले भने, ‘तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।