काठमाडौं– काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि उक्त ल्याब सञ्चालनमा ल्याएको हो।
विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेलले जानकारी दिए। ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाइ छ।
भीआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लिकेसन, लगायत रहेका छन्। यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।