काठमाडौं– लोकप्रिय गायक शिव परियारको स्वरमा नारद पोखरेलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट यहि असार ११ गते म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
हरेक रचनामा सामाजिक विसंगतीविरुद्ध ससक्त कलम चलाउने पोखरेलले युवायुवतीहरुलाई गितमार्फत् बेथितीले चौतर्फी गाँजेको बेला माया प्रेममा पनि घात हुन्छ भन्ने सन्देश दिन खोजेका छन्।
यस म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयले थप आकर्षण दिएको छ भने यस गितको संगित संयोजन संकेत अगस्तीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।