काठमाडौँ– संयुक्त राज्य अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
बुधबार बोर्डको कार्यालयमा अधिकारीले रु. १ लाख ५ हजार सहयो गरेका हुन्।
अधिकारीले आफु सधैं नेपाली चलचित्रको शुभचिन्तक रहेको बताए। एउटै नेपाली चलचित्र पनि पटक पटक हेर्ने गरेको बताउँदै अधिकारीले नेपाली चलचित्रकर्मीको सहायता स्वरुप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने बताए।
कोषकी संयोजक बसुन्धरा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभई जुग जुगसम्मलाई सहयोग हुने बताइन्।
उनले सबै नेपाली चलचित्रकर्मीको तर्फबाट अधिकारीलाई धन्यवाद व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।