काठमाडौं– सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्यासित ‘क्याप्चर द फ्लाग बुटक्याम्प–२०२३’ कार्यक्रम आयोजना गरेको छ।
सफ्टवेरिका कलेजको ब्लक ईमा आयोजित गरेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनका लागि एक अद्वितीय अवसर प्रदान गर्ने लक्ष्य राखिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरु जस्तै– ह्याकर र डिफेन्डरहरुजस्तै सोच्ने र आफ्नो सीप विकास गर्ने आवसर पाएका थिए। यो प्रतियोगिता दोस्रो र तेस्रो वर्षका विद्यार्थीका लागि आयोजित गरिएको थियो। जसमा लगभग १५० सहभागीले भाग लिएका थिए।
कार्यक्रममा अतिथि वक्ताहरु र ह्याक द बक्स मिटअप मेन्टरहरु शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेलको उपस्थिति थियो। यी अनुभवी सल्लाहकारले सहभागीलाई प्रेरित साथसाथै सीटीएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीपहरुमा मार्गदर्शन पनि प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।