काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन्।
उनलाई पदीय जिम्मेवारी विपरीत, सरकारको नीतिविरुद्ध काम गरेको, आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाहमा असफल भएको, उडान सुरक्षामा चरम लापरबाही गरेको लगायतका विषयमा स्पष्टीकरण मागिएको छ।
उनलाई ७ दिनभित्र जवाफ लेखिपठाउन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।