काठमाडौं– अभिनेत्री श्वेता खड्काले श्रीमान् र छोरीसहित पूर्व–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्।
उनले केपी ओलीलाई बालकोटस्थित उनकै निवासमा भेट गरेको तस्बिर फेसबुकमा पोस्ट्याएकी छन्।

फोटोमा उनका श्रीमान् विजेन्द्र सिंह रावत ओलीको छेउमा देखिन्छन्। अर्को फोटोमा उनीहरूको छोरीलाई बोकिरहेको पनि देख्न सकिन्छ।
श्वेता केही वर्षयता फिल्म क्षेत्रबाट टाढा छिन्। उनी आफ्नै व्यवसायमा व्यस्त छिन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।