काठमाडौं- पाकिस्तान क्रिकेट बोर्डले एशिया कपअघि हुने मेन्स एशिया इमर्जिङ कपका लागि आफ्नो टोली घोषणा गरेको छ।
जुलाई १४ देखि २३ सम्म हुने खेलको सुरुवात नेपाल ए र पाकिस्तान (शाइन) बीचको प्रतिष्पर्धाबाट हुनेछ।
पाकिस्तानले २२ वर्षीय युवा खेलाडि मोहम्मद हरिसको नेतृत्वमा टिम घोषणा गरेको हो। यसैगरी उमर बिन यूसुफ उप-कप्तान बनाइएका छन्।
हरिसले पाकिस्तानको मुख्य टिमको हिस्सा भएर पाँच वान डे र ९ टी २० खेलिसकेका छन्।
पाकिस्तानको १५ सदस्यीय टिम
मोहम्मद हरिस (कप्तान एवं विकेटकिपर), उमर बिन यूसुफ (उप-कप्तान), अमद बट, अरशद इकबाल, हसीबुल्लाह, कामरान गुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वसीम जुनियर, कासिम अकरम, साहिबजादा फरहान, सइम अयूब, शाहनवाज दहानी, सुफियान मुकीम, तय्यब ताहिर।
रिजर्ब खेलाडी: अब्दुल वाहिद बंगलजई, मोहम्मद अब्बास अफरिदी, मोहम्मद जुनैद र रोहेल नजिर
एशिया मेन्स इमर्जिङ कपमा पाकिस्तान (शाइन)का साथै भारत ए, नेपाल ए र श्रीलंका ए एउटै टिममा रहेका छन्। समूह चरणका शिर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।