काठमाडौं– गायक सुशान्त केसीको नयाँ गीत ‘सारंगी’ युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ।
शनिबार सार्वजनिक भएको गीतको स्थायी छ–
उडी उडी मन भाग्छ किन
तिम्रोतिरै हेर, भन के गरौँ म
गीतलाई २ दिनमा १२ लाख ९५ हजार ६ सय १९ पटक हेरिसकिएको छ। गीतमा शब्द, संगीत तथा आवाज सुशान्तकै रहेको छ।
गीतको भिडियोलाई गौरव कुमार तामाङले निर्देशन गरेका छन्। गीतमा सुशान्त र अन्ना शर्मा फिचर्ड छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।