काठमाडौं– बलिउड फिल्म प्रोड्यूसर कुलजित पालको निधन भएको छ।
२४ जुनमा मुम्बईमा उनले अन्तिम सास लिए। लामो समयदेखि उनी बिरामी थिए। ९० वर्षीय पालको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
उनले 'अर्थ', 'आज', 'परमात्मा', 'वासना', 'दो शिकारी' र 'आशियाना'जस्ता फिल्म निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।