‘खै कतै हिँडायौ यात्रामा एक्लै हिँड्दै थिएँ म जब
संयोगले भनूँ या कर्मले भनूँ भेट भयो तिमीसँग’
संगीतकार ठाकुर सुवेदी ‘विश्वास’को शब्द तथा संगीत रहेको गीतको स्थायी हो यो। गीतको स्थायीले यात्रामा संयोगले भेटिएका दुई प्रेमीबीचको न्यानो सम्बन्धलाई जनाउँछ। प्रेममा परेका जोडीले पहिलो अन्तरमा भन्छन्–
तिम्रो मायामा परेँ नि
अब आश मैले गरेँ नि
‘गन्तब्य तिम्रो र मेरो’ शीर्षकमा हालै युट्युव च्यानलमार्फत् यो गीतिभिडियो रिलिज भएको हो। गीतलाई राग पौडैल र अस्मिता भण्डारीले आवाज दिएका छन् भने स्वर्णिम महर्जनले एरेन्ज गरेका छन्।
गीतको भिडियोलाई श्याम ढकालले निर्देशन गरेका छन् भने फिचर्डमा ठाकुरसँगै जेनिशा पौडेल छिन्।
भिडियोलाई कृष्ण महराले खिचेका छन् भने निराजन केसीले सम्पादन गरेका छन्। गीतले युट्युवमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।