काठमाडौं– नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन्। कलाकारहरु अधिकारी र क्षेत्रीले सानो भर्याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन्।
ललितपुरको कुपण्डोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्।
गुणस्तरयुक्त प्रविधि, सेवामूलक र सम्पूर्ण सुबिधा भएको जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्यकर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले बताइन्। यसका साथै यस एकेडेमीमा अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था पनि रहेको छ।
कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप त्वानावासुले अतिथिहरुलाई स्वागत गरेका थिए। नायिका केकी अधिकारी, सन्दीप क्षेत्री, डा. नवल पजियार र चलचित्र जय होको निर्माता समिर खानले रिवन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको भव्य शुभकामना समेत व्यक्त गरेका छन्।
कार्यक्रममा सन्दीप क्षेत्री, केकी अधिकारी, डा नवल पजियार र समिर खानलाई कदरपत्र प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।