काठमाडौं– भारतको बेंग्लुरुमा जारी साफ च्याम्पियनसिप प्रतियोगितमा नेपालविरुद्ध भारतले दोस्रो गोल गरेको छ।
भारतका लागि सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए। दोस्रो गोल महेश सिंहले गरेका हुन्।
दोस्रो गोलका लागि सुनिल क्षेत्रीले नै पहिलो प्रयास गरेका थिए। तर उनी असफल हुँदा सिंहले गोल गरेका हुन्।
दोस्रो हाफको ६० मिनेटमा क्षेत्रीले पहिलो गोल गरेका थिए। सिंहले ६८ औं मिनेटमा दोस्रो गोल गरेका हुन्।
नेपाली खेलाडीले मौका पाए पनि सदुपयोग गर्न सकेका छैनन्। जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग पराजति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।