काठमाडौं- आर्टमान्डुको नयाँ म्युजिकल फिल्म ‘पाहुना हजुर’ सार्वजनिक भएको छ। लिम्बु समुदायको विवाहको प्रक्रियामाथि बनेको उक्त म्युजिकल फिल्ममा अर्गानिक प्रेमको महसुस गर्न सकिन्छ।
म्युजिकल फिल्ममा विवाहको समय पाहुनाका रुपमा जाने सोल्टिनीसँगको प्रेम प्रसंगलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
आशीष महर र सुनिता थेगिमको आवाज रहेको गीतमा आशीषकै संगीत रहेको छ। गीतलाई निर्देशक नवीन चौहान र आशीषले नै लेखेका छन्। गीतमा पालम दीपा सुहाङले गाएकी छन्।
म्युजिकल फिल्ममा कलाकार अनिल सुब्बा, सनाया लिम्बु र विकाश चेम्जोङको अभिनय छ।
गत वर्ष जेठमा मण्डला थिएटरमा मन्चन भएको नाटक 'चोरको स्वर'को अवधारणको स्रोत यही भिडियो। 'हामीले यो भिडियो खिच्दै गर्दा यसमाथि नाटक गर्ने योजना बुनेका थियौं,' निर्देशक चौहान भन्छन्।
आर्टमान्डुबाट यसअघि 'फूलथुंगे रानी', 'घुमीघुमी', 'तीनपाते', 'के माया लाग्छ र' जस्ता थुप्रै म्युजिकल फिल्म लोकप्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।