काठमाडौं- सूर्यबिनायक नगरपालिका वडा नम्बर २ ले ४५ दिने बेसिक ब्युटिसियन तालिम सम्पन्न गरेको छ। वडा कार्यालयको आव २०७९/०८० को महिला लक्षित कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। तालिम गत वैशाख १० गतेबाट प्रारम्भ भई जेठ ३२ गतेसम्म सञ्चालन भएको थियो।
तालिम समापनका अवसरमा सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कार्यक्रम सफलताको शुभकामना दिँदै महिला दिदीबहिनीहरुले सिकेको सिपको सदुपयोग गर्दै क्षमता अभिवृद्धि गर्न अनुरोध गरे।
२५ जना तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि थापाले प्रमाणपत्र गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष प्रदीप कार्कीले महिलाहरुको क्षमता अभिवृद्धि गर्न, आत्मनिभर भई आयआर्जन र स्वरोजगारको लागि महिला लक्षित कार्यक्रम राखिएको बताए। उनले महिला घरगृहस्थीमा मात्र सीमित नरही समाज रुपान्तरणमा लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।