काठमाडौं- कान्तिपुर हिसान एडुफेयर शुक्रबारबाट पुनः सुरु गरिएको छ। यसअघि काठमाडौं महानगरपालिकाले एसईईको नतिजा सार्वजनिक नभएको भन्दै उक्त एडुकेयर रोकेको थियो।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित उक्त शैक्षिक मेलामा उपत्यकाका विभिन्न निजी कलेजहरुले आफ्ना कलेजका बारेमा लेखिएका पोष्ट, पम्लेट, म्यागजिन लगायतका सूचना सामग्रीहरुलाई प्रदर्शनीमा राखेका छन्।
विद्यार्थीहरुलाई आफूतिर केन्द्रित गर्ने उद्देश्यका साथ मेला भर्न आउने अभिभावकहरुलाई आफ्ना कलेजहरु पढाउने विषयवस्तुका साथै भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका विषयमा अभिभावकहरुलाई जानकारी गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।