• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब शिल्पाले हलिउड छाडेर नेपाली फिल्म रोजिन्

64x64
समर्पण श्री शनिबार, असार ९, २०८०  १२:०५
1140x725

‘ब्रेकअप’पछि नेपाली चलचित्र क्षेत्रसँग अभिनेत्री शिल्पा मास्केको ‘अफेयर’ सुरु भयो। त्यसअघि बेलायतलाई स्मृतिमा राखेर उनी सदाका निम्ति नेपाल फर्किएकी थिइन्।

फर्कनुको एउटै कारण थियो– करिअर। 

‘निकै सोचें, म रातो पासपोर्ट रोजूँ कि प्यासन। मैले मनको कुरा सुनेँ,’ शिल्पा आफूले निर्णय गर्दाको क्षण सम्झन्छिन्।

पछिल्लो समय हुर्कँदै गरेको युवापुस्ताको सपना मुलुकबाहिर फक्रिरहेको छ। 

बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडाजस्ता देशहरू उनीहरूको गन्तब्यमुलुक हुन्। सन्२००८तिर, १७ वर्षको कलिलो उमेरमा सुन्दर क्षणहरू विराटनगरमै बिसाएर शिल्पा बेलायत उडेकी थिइन्। 

त्यहाँ श्रम गर्दै पढाइलाई निरन्तरता दिइन्। बिजनेस म्यानेजम्यान्टमा मास्टर्स सकाउन्जेल पनि उनलाई युकेमा सेटल्ड हुने रहर पलाएन। 

बरु ७ वर्षको बसाइपछि उनी नेपाल नै फर्किइन्।

‘नेपाल फर्किन केले प्रोत्साहन गर्यो त?’ शिल्पासँग मीठो जवाफ छ ‘हलिउड फिल्महरूले...!’

Ncell 2
Ncell 2
nimb
nimb

बलिउड, हलिउडसम्म पुग्ने नेपाली कलाकारको कलाकारिता यात्रा नेपालबाटै सुरु हुन्छ। उनीहरू थोरै भूमिकाका लागि पनि संघर्षरत् छन्।शिल्पाको हकमा भने ठ्याक्कै विपरीत भयो। उनले हलिउडमा अभिनय गरेपछि मात्र महसुस गरिन्– मैले नेपाली फिल्म खेल्नुपर्छ।

बेलायतमा कलाकार व्यवस्थापनको एजेन्सी हुन्थ्यो। शिल्पालाई फिल्ममा अभिनय गर्ने रहर जागिरहेको थियो। उनले १०/१५ वटा एजेन्सीमा अप्लाइ गर्थिन्। एउटा एजेन्सीबाट इमेलमा रिप्पाइ आयो। 

इमेल थियो– तपाईं सुटिङका लागि अभाइलेभल हुनुहुन्छ?

शिल्पा तयार नै थिइन्। 

Xtrem

Xtrem

यसरी उनी एजेन्सीहरूसँग जोडिइन्। अनि हलिउड फिल्म्मा काम गर्ने अवसर पाइन्। ‘म उपयुक्त समयमा पुग्थेँ। प्रोफेस्नालिजम मेन्टेन गर्थेँ। मेरो पोर्टफुलियो सुरुदेखि नै राम्रो बन्दै गयो,’ शिल्पा भन्छिन्।

उनले हलिउड फिल्म नेटफ्लिक्स शृङ्खला 'द क्राउन'का संस्करण २ र ५मा सपोर्टिङ कलाकारको रुपमा काम गरिन्। काम धेरै गर्नु नपर्ने। पैसा पनि राम्रै पाइने। सुटिङ सेटमा धेरै कुरा सिक्न पाइने। शिल्पा चकित परिन्। 

त्यसपछि उनले स्कट डेरिकसनको फिल्म 'डाक्टर स्ट्रेन्ज'मा काम गरिन्। 

उक्त फिल्ममा काम गर्दा उनले मेकिङ प्रोसेस बुझिन्। फराकिलो अनुभूति बटुलिन्। ‘जब म सेटमा गएँ, अचम्म लाग्यो। उहाँहरूले पाटन दरबार स्क्वायर नै युकेमा बनाइदिनुभएको थियो। भव्य सेट। त्यहाँ पुग्दा नेपाल पुगेजस्तो अनुभव भयो,’ शिल्पा सम्झन्छिन्।

उनले 'मिसन: इम्पोसिबल - फलआउट' हुँदै सन् २०१८ मा प्रदर्शन भएको हिन्दी चलचित्र 'गोल्ड'मा पनि सानो भूमिका निर्वाह गरिन्।

शिल्पाले नेपाली भएकै कारण यी फिल्म पाएकी थिइन्। एकदिन लाग्यो, ‘म नेपाली भएकै कारण यी फिल्म पाएँ, नेपाली अभिनेत्री भनेर चाहिँ किन नचिनिने?’

त्यतिन्जेलसम्म ‘स्टेरियोटाइप’ भूमिका गर्दागर्दै उनलाई मुख्य चरित्रका रुपमा काम गर्ने अभिप्सा थियो। त्यहीबेला उनलाई हेमराज बिसीले निर्देशन गर्न लागेको फिल्म ‘ब्रेकअप’को अफर आयो।

०००

नेपाल फर्केर काम गरेपछि शिल्पालाई लाग्थ्यो, ‘पहिलो फिल्म नै हिट हुन्छ। अनि म पनि एकदम हिट हुन्छु।’

अहिले सम्झँदा लाग्छ, त्यो ‘ओभरकन्फिडेन्ट’ थियो। ‘ब्रेकअप’ले न समीक्षकको तारिफ पायो, न बक्स अफिसमा व्यापार!

शिल्पा निराश भइन्। 

त्यसलगत्तै आएको ‘कागजपत्र’ले पनि व्यापार गर्न सकेन। दुवै फिल्ममा शिल्पाको मुख्य अभिनय थियो। लगातार हिट हुने सपना देखेकी शिल्पा नमीठोगरी ब्युँझिइन्। ‘फिल्ममा आफ्नो मेहेनतले मात्र नहुने रहेछ। यो त टिम एफोर्ट हो। धेरै एक्स्पेटेसन नबोकी बेस्ट दिने प्रयास गर्नुपर्छ भन्ने बुझें,’ शिल्पा सुनाउँछिन्। 

फिल्मले असफलता व्यहोरे पनि शिल्पाको कामले भने फिल्मकर्मी र दर्शकहरूबाट प्रशंसा बटुल्यो। उनी मेकर्सहरूको आँखामा परिन्। त्यतिबेला उनले आफूलाई शान्त्वना दिइन्, ‘ सबैको करिअर सुरुमै हिट हुन्न। गर्दै जाऊँ एकदिन त हुन्छ नि।’

त्यसपछि उनले ‘सानो मन’, ‘कठपुतली’, ‘फूलबारी’ लगायतका फिल्ममा काम गरिन्।

फिल्महरूले व्यावसायिक सफलता हासिल नगर्दा शिल्पालाई ‘फ्लप हिरोइन’को ट्याग नै लाग्न थाल्यो। उनलाई यो ट्यागसँग गुनासो छ।

‘फिल्म नचल्नुको अपजस एक्टरलाई मात्र आउँछ। किनकि हाम्रो फेस अगाडि देखिन्छ,’ शिल्पा भन्छिन्, ‘तर एक्टरको हातमा मात्र सबै हुन्न। फिल्ममा अभिनय गरिसकेपछि पोस्ट प्रोडक्सनको काममा हामीलाई बस्ने अनुमति हुन्न। फिल्म पोस्ट प्रोडक्सनबाट आउँदा धेरै फरक परिसकेको हुन्छ।’

आफ्नो तर्पबाट शत्‌प्रतिशत दिने प्रयास गर्दा पनि नकारात्मक टिप्पणी पढ्दा शिल्पालाई नमीठो लाग्छ। ‘यो फिल्ड चुज गर्नु भनेको एकदमै गाह्रो कुरा हो। हरेक महिना पैसा आउने काम पनि हैन। जोखिम मोलेरै धेरै एक्ट्रेसले यो प्रोफेसन रोज्नुहुन्छ। फिल्म हिट नहुँदा आफूलाई कति कन्भिन्स र मोटिभेट गर्नुपर्छ। त्यस्तो बेला नकारात्मक टिप्पणी आउँदा किन यो सब गरिरहेछु भन्ने लाग्दोरहेछ,’ शिल्पा गुनासो गर्छिन्। 

तर उनले ‘गिभअप’ दिने सोचचाहिँ कहिल्यै गरिनन्। 

०००

बीचमा धेरै फिल्म शिल्पाले अस्वीकार गरिन्। कारण, उनलाई स्क्रिप्ट मन परेन। एकदिन अचानक हात पर्यो् ‘परस्त्री’को स्क्रिप्ट। 
यही फिल्म आगामी असार १४ बाट देशभर प्रदर्शनमा आउँदैछ। 

‘स्क्रिप्ट मन पर्यो। तर स्वीकार गर्न मलाई गाह्रो थियो। एक हप्ता समय लिएँ। २/३ वटा मिटिङ पनि बसें। तर राम्रो फिल्म दिइरहनुभएको लेखक,  निर्माताको आत्मविश्वासले मलाई जित्यो,’ उनी भन्छिन्।

यो फिल्म सुरज पाण्डेको डेब्यू निर्देशन हो। फिल्मका लेखक दीपेन्द्र के खनाल र निर्माता शर्मिला पाण्डेसँगै सुरजको काम गर्ने शैलीसँग पनि शिल्पा ‘कन्भिन्स्ड’ भइन्।

उनलाई फिल्ममा आफ्नो क्यारेक्टर लोभ लागेको थियो। तर क्यारेक्टरमा आफूलाई ढाल्न निकै चुनौती थियो।  प्रस्ताव गर्नुअघि दिपेन्द्रनै ले भनेका थिए, ‘ शिल्पा, हामीले यो क्यारेक्टरका लागि अहिलेसम्म एक्ट्रेस नै भेट्टाएनौँ।’

‘फिल्म विवाहेत्तर सम्बन्धको बारेमा छ। यस्तो सम्बन्ध सबैले लुकाउँछन्। उसो त आफ्नो विहे भएको छैन। मैले कहिल्यै भोगेको पनि छैन। तर क्यारेक्टर विकासमा मलाई दीपेन्द्र दाइले सहयोग गर्नुभयो। पछि सहज भयो,’ शिल्पा भन्छिन्।

उनले पात्रको मनस्थितिमा पुग्ने प्रयास गरिन्। ‘वर्कसपको बेला क्यारेक्टरको इमोसन ग्राफ बनाउँथें। लेखक र निर्देशकले त्यसमा सहयोग गर्नुहुन्थ्यो,’ उनी सुनाउँछिन्।

०००

केही दिनअघि सेन्सर बोर्डले ‘परस्त्री’ प्रदर्शनको अनुमति सर्टिफिकेट दिएन। फिल्ममा बोल्ड सिन तथा बेड सिनकै कारण अनुमति दिन रोकेको थियो। ती 

सिनहरूमा सेन्सर गरे कथावस्तु नै मर्ने लेखक खनालले नेपाललाइभसँग भनेका थिए। ‘इन्टिमेट सिनलाई नेपाली दर्शकहरूले सहजै लिएको देखिन्न। तपाईं यसमा कसरी कन्भिन्स्ड हुनुभयो?

जवाफमा शिल्पा भन्छिन्, ‘इन्टिमेट सिन आँँट र आर्ट दुवै हो। स्क्रिप्टले मागेको छ भने दिनसक्नुपर्छ भन्ने कुराबाट म गाइडेड छु।’

शिल्पा पहिलो फिल्म ‘ब्रेकअप’को प्रसंग कोट्याउँछिन्। त्यसमा पनि आशिर्मान देशराज जोशीसँगको किस सिन चर्चाको विषय बनेको थियो। ‘म हलिउड फिल्मको संस्कारबाट आएँ। मेरो लागि इन्टिमेट सिन प्रेम व्यक्त गर्ने एउटा भावना भन्ने लाग्छ। पछि त्यही सिन टिप्पणीको विषय बन्यो,’ उनी भन्छिन्।

‘ब्रेकअप’पछि नेपालमा इन्टिमेट सिन गर्नु सजिलो रैनछ भन्ने अनुभूत उनले गरिन्। 

‘परस्त्री’मा इन्टिमेट सिन उनको लागि चुनौती र डर दुवै थियो। तर उनको पात्रले स्क्रप्टलाई न्याय गर्नुथियो। ‘ट्रेलर रिलिजपछि दर्शकहरूले यसलाई सकारकात्मक रुपमा लिनुभयो। रिभ्यू राम्रो आयो,’ शिल्ला भन्छिन्।

यसपालि आफूले निर्वाह गरेको चरित्रप्रति शिल्पाको विश्वास छ। तैपनि फिल्मको कथालाई काँधमा बोकेपछि डर भने लागिरहँदो रहेछ। 

फिल्म रिलिजको मिति नजिकिँदै गर्दा शिल्पालाई पहिलो फिल्ममा जस्तो ‘ओभरएक्स्पेटसन’ त छैन। 

यद्यपि, एउटा अपेक्षा चाहिँ छ, ‘फिल्मले प्रभाव राम्रै छाड्नेछ।’

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:०५
  • #शिल्पा मास्के

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्