काठमाडौं– अभिनेता दीपकराज गिरीले देशमा अब राष्ट्रवादी र राष्ट्रघाती गरी दुई शक्ति रहने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। फेसबुक स्टाटसमार्फत् यसरी दुई शक्तिबीच भिडन्तको संकेत देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘अब हामी देश विकासको लागि होइन को बढी देशभक्त हो भनेर लड्नेछौँ! अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई! पहिला हाम्रा पूर्खा राष्ट्को लागि विदेशीसँग लडे,’ उनले लेखेका छन्।
गरिब र कमजोर मुलुकमा सबैभन्दा चाँडै आफूतिर आकर्षित गर्न सक्ने हतियार राष्ट्रियता भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिष्पर्धा नै चलेको छ!’ अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोडिने सम्भावना रहेको चिन्ता उनले व्यक्त गरे।
दीपकको स्टाटस पुराना दल र हालै उदाएका नयाँ दल लक्षित पनि देखिन्छ।
यस्तो छ उनको स्टाटस :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।