काठमाडौं- सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नर्गन आदेश जारी गरेको हो।
उनले आफूमाथि कुटपिट गर्नेहरुमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय विरुद्ध रिट दायर गरेका थिए। चलाउनले जिल्ला अदालत काठमाडौंमा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ताका लागि निवेदन दिएपछि न्याय माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले चलाउनेमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणमाथि अनुसन्धान गर्दै सरकारले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा असार ५ गते फैसलाका लागि पेसी तोकिएको थियो। तर सरकारले त्यसको अघिल्लो दिन मुद्दा फिर्ता लिने निवेदन जिल्ला अदालतमा दर्ता गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।