नयाँ दिल्ली– सन् १९७७ तिर। जब धर्मेन्द्र, जितेन्द्र, जीनत अमान, नीतु सिंह र प्राण अभिनित फिल्म ‘धरम वीर’ रिलिज भएको थियो।
फिल्म ब्लकबस्टर साबित भयो, सबैको अभिनयलाई दर्शकले मन पराएका थिए। तर फिल्मको एउटा गीतले निर्माण टिमलाई तनावमा धकेल्यो।
चलचित्र ‘धरम वीर’ को म्युजिक एल्बम रिलिज भएको केही दिनपछि महिला संगठनले यसको विरोध गर्यो।
फिल्मको म्युजिक एल्बम ‘हुआ को वो हुआ’ रिलिज भयो। जुन गीतकार आनन्द बक्षी र मनमोहन देसाईले अपेक्षा गरेका थिएनन्।
गीत सुनेपछि महिलाहरू आक्रोशित भएका थिए। फिल्ममा एउटा गीत थियो, जसको शब्द 'सात अजुबे इस दुनिया मे' हो। यो गीतको दोस्रो अन्तरामा आनन्दले ‘ये लडकी है या रेशम की डोर है’ लेखेका थिए।
यो लाइनलाई लिएर धेरै विवाद भयो। महिलाहरूले यो शब्द आपत्तिजनक भएको भन्दै असन्तुष्टि जनाएका थिए। विवाद बढेपछि मनमोहनसँगै धर्मेन्द्र पनि नर्भस भएका थिए, किनकि उनलाई फिल्मबाट धेरै आशा थियो।
बढ्दो विरोध देखेर निर्देशक मनमोहन देसाईले आनन्दलाई अर्को लाइन लेखेर रेकर्ड गरेर फेरि रिलिज गर्न भने। यो गीत धर्मेन्द्र-जीनत, जितेन्द्र नितु सिंहसँग खिचिएको हो।
गीतमा मोहम्मद रफी र मुकेशको स्वर रहेको छ। फिल्म रिलिज भयो र ब्लकबस्टर साबित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।