काठमाडौं- हास्य कलाकार दीपकराज गिरीलाई अर्का कलाकार केदार घिमिरे (माग्ने बुढा)ले झटारो हानेका छन्। सामाजिक सञ्जाल फेसबुकमा ‘आदिपुरुष’को विषयलाई लिएर गिरीले लेखेको स्टाटसमा घिमिरेले जवाफ दिएका हुन्।
काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको भनाइलाई लक्षित गर्दै गिरीले आइतबार स्टाटस लेखेका थिए। उनले उक्त भनाइमा प्रयोगकर्ताको गाली भेटेका थिए।
‘समस्या 'आदिपुरूष'ले निकालेको हो त्यसैले 'आदिपुरुष' मात्रै बन्द गरौं! उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उताबाट त धेरै कुरा आउछ…’ गिरीले लेखेका थिए।
उक्त स्टाटसमा गाली खाएपछि गिरीले सोमबार फेरि लेखेका थिए- ‘एउटा भाइले भने- दाई फेसबुक हेर्नुभो, तपाईंले गाली खाइरहनु भाछ! मैले भनेँ- होइन भाइ कसैले गाली दियो होला तर मैले खाएको छैन!’
यही स्टाटसमा माग्ने बुढाको प्रतिक्रिया छ, ‘छिमेकी र बाउको झगडा पर्याभ बेलाँ छिमेकीलाई फाइदा पुग्नेगरी बोल्दा दाजुभाइको एक-दुई मुक्का भेट्नु सामान्य कुरा हो।’
गिरीले लोकप्रियतावादी कमेन्ट भनेर प्रतिटिप्पणी गरेका छन्। भनेका छन्, ‘स्टाटस नै लेख्या भए अझ बढी लाइक आउथ्यो बाबु!’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।