काठमाडौं– लेखक तथा पत्रकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ।
शनिबार साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमा फणिन्द्रकुमारी नेपालले उपन्यासको संयुक्त रूपमा लोकार्पण गरे।
कार्यक्रममा वक्ताहरुले उपन्यास सरल भाषामा उत्कृष्ट बिम्बको प्रयोगले अब्बल बनेको बताए। लेखक विमलले सशस्त्र द्वन्द्वमाथि कठोर प्रश्न गर्नुपरेको बताए।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यास ‘पीपला’ मा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।