काठमाडौं– युरोकप छनौटमा बेल्जियम सुसाइड गोलका कारका कारण अंक बाँड्न बाध्य भएको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा बेल्जियम अष्ट्रियासँग १–१ को बराबरीमा रोकियो।
रोमेलु लुकाकुले दोस्रो हाफमा गोल गरेपछि बेल्जियम युरोकप २०२४ को छनौटमा हारबाट मुस्किलले बच्यो।
अष्ट्रियाका माइकल ग्रेगोरिट्शको प्रहारलाई बेल्जियमका डिफेन्डर मंगलाले क्लियर गर्ने क्रममा गोल भएको थियो। २१औं मिनेटमा सुसाइड गोलका कारण अष्ट्रियाले अग्रता बनाएको थियो।
पहिलो हाफमा अस्ट्रियाले १–० को अग्रता कायम राखे पनि ६१औं मिनेटमा लुकाकुले गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो।
बराबरीसँगै समूह ‘एफ’ बाट ३ खेलबाट ७ अंकसहित अष्ट्रिया शीर्ष स्थानमा छ। २ खेल खेलेको बेल्जियम ४ अंकसहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।