काठमाडौं– युरोकप छनौट खेलमा पोर्चुगलले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ३–० गोल अन्तरले हरायो।
पोर्चुगलको जितमा बर्नाडो सिल्भाले १ र ब्रुनो फर्नान्डेसले २ गोल गरे। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदानमा उत्रिएको पोर्चुगलले खेलको ४४औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो।
ब्रुनो फर्नान्डेसको पासमा सिल्भाले सुरुवाती गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्यो।
खेलको ७७औं मिनेटमा नाभासको पासमा ब्रुनो फर्नान्डेसले गोल गरे। खेलको अतिरिक्त समयमा पनि फर्नान्डेसले गोल गरेपछि पोर्चुगलले ३–० को प्रभावशाली जित निकाल्यो।
शनिबारको खेलमा गोल नगरे पनि पोर्चुगलबाट १९९ क्याप खेलका रोनाल्डो १२२ अन्तर्राष्ट्रिय गोलसहित सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।